मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालिकादेवि सामुदायिक वनको पहिलो बैठक सम्पन्न, यस्ता छन् निर्णय

कालिकादेवि सामुदायिक वनको पहिलो बैठक सम्पन्न, यस्ता छन् निर्णय


अछाम : जिल्लाकाे पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ स्थित कालिकादेवि सामुदायिक वन नयाँ कार्यसमितिको पहिलो बैठक अाज सम्पन्न भएको छ ।

भर्खरै गठन भएको वन संरक्षण समितिका अध्यक्ष वीर बहादुर बुढाको अध्यक्षतामा जंगल संरक्षण तथा सम्बर्द्धनका लागि विभिन्न निर्णय गर्दै पहिलो बैठक सम्पन्न भएको हाे ।

निवर्तमान कार्य समितिबाट एक हप्ता भित्र वनकाे सम्पुर्ण हिसाब किताब तथा जेन्सी सामाग्रीहरु यस वडाका जनप्रतिनिधिको राेहवरमा नयाँ कार्यसमितिले फिर्ता लिने पहिलो निर्णय गरेकाे हाे ।

वनजंगल क्षेत्र भित्र ज्यादती रुपमा विनाश भइरहेकाले उक्त कार्य तत्काल राेक्न एक हप्ते सुचना जारी गरिएकाे छ । साथै यस अवधि भित्र कसैले सुचना बिपरित काम गरेको पाइए वन एेन अनुसार कार्वाही गर्ने निर्णय गरेको अध्यक्ष वीर बुढाले जानकारी दिए ।

युवाले नेतृत्व लिएको सामुदायिक वन समितिले जंगल संरक्षणका लागि सकृयता देखाएको छ । चार बर्ष देखि अस्तव्यस्त अवस्थामा रहेको संरक्षण समिति विरुद्ध जनजागरण युवा क्लबले बाेलेकाे थियाे ।

युवा क्लबले एक सार्वजनिक कार्यक्रमकाे अायाेजना गरि बुधवार यस वडाका जनप्रतिनिधिको राेहबरमा नयाँ कार्य समिति निर्माण भएको हाे ।

सामुदायिक विकास तथा सामाजिक रुपान्तरणका कार्यहरुमा युवा क्लब कटिबद्ध भइ सकृयताका साथ लाग्ने जनजागरण युवा क्लबका अध्यक्ष दिनेश केशीले जानकारी दिए ।