मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निजामती सेवा दिवसको उत्कृष्ट कर्मचारी र कार्यालयलाई सम्मान

निजामती सेवा दिवसको उत्कृष्ट कर्मचारी र कार्यालयलाई सम्मान


अछाम : १८ औँ निजामती सेवा दिवसको अवसरमा अछाममा उत्कृष्ट कर्मचारी र कार्यालयहरुलाई सम्मान गरिएको छ । १८ औँ निजामती सेवा दिवस मुल समारोहको आयोजनामा एक कार्यक्रमका बिच दिवसको अवसरमा ९ जना सरकारी कर्मचारी र १० जना सरकारी कार्यालयहरुलाई सम्मान गरिएको हो ।

समारोहका संयोजक तथा अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित कर्मचारी र कार्यालयलाई कदरपत्र, अब्बिर तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सम्मान पाउनेमा कर्मचारीको तर्फबाट हेल्थ असिस्टेन्ट तथा कमलबजार आरटि पिसिआर ल्याबका सुचना अधिकारी टेक बहादुर बिष्ट, साँफेबगर नगरपालिकाका सह लेखापाल सरस बुढा, जिल्ला आयुवेर्द स्वास्थ्य केन्द्र अछामका वैद्य खडक बहादुर बम, कमलबजार नगरपालिकाका सहायक पाचौँ पुर्ण प्रसाद बजगाई, जिल्ला हुलाक कार्यालय अछामका खरिदार पुष्पा कुमारी भट्ट, पंञ्चदेवल विनायक नगरपालिकाका अहेब दिपक थारु, कारागार कार्यालय अछामका गोविन्द प्रसाद देवकोटा, कृषि ज्ञान केन्द्र अछामका कार्यालय सहयोगी मथुरा खत्री सम्मानित भएका छन ।

कार्यालयको तर्फबाट भवानी बक्सगण मंगलसेन ब्यारेक, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल खप्तड गुल्म साँफेबगर, कोष तथा लेखा नियन्त्रक कार्यालय, स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, जिल्ला आयुवेर्द स्वास्थ्य केन्द्र, कमलबजार आरटि पिसिआर प्रयोगशाला, नेपाल रेडिक्रस शोसाईटि अछाम र न्याय हेल्थ नेपाल बयलपाटा अस्पताललाई सम्मान गरिएको थियो ।

जिल्ला स्थित सम्पुर्ण कार्यालयका प्रमुख तथा कर्मचारीको सहभागितामा भएको कार्यक्रमको संञ्चालन जिल्ला प्रशासन कार्यालय अछाम नायब सुब्बा माहानन्द जोशीले गर्नु भएको थियो ।