मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इन्जिनियर बुढा घ’ट्ना सत्य तथ्य छानबिनमा ढिलाई

इन्जिनियर बुढा घ’ट्ना सत्य तथ्य छानबिनमा ढिलाई


गृह मन्त्रालयद्वारा प्रहरीलाई दबाब घटना भएको दुई महिना बितिसक्दा समेत न्यायको प्रत्याभूत भएन : परिवार

अछाम : जिल्लाकाे तुर्माखाँद गाउँपालिकामा कार्यरत इन्जिनियर हिक्मत बुढा घटनाको दुई महिना बितिसक्दा समेत सत्य तथ्य छानबिनमा ढिलाई भैरहेको छ ।

असार मसान्तकाे चटाराेमा गाउँपालिकाका प्राविधिक प्रमुख कार्यालय समयमै काेठा भित्र मितृ अवस्थामा भेटिनु घटना रहस्यमय हुँदाहुँदै प्रहरीद्वारा अनुसन्धानको दायरा साँघुरिदै गएको पारीवारिक स्राेतले जानकारी दिएको हाे ।

गत असार २८ गते अाफ्नै काेठा भित्र बिहान साढे ११ बजे झुन्डिएको अवस्थामा फेला परेका इन्जिनियरकाे भाेलिपल्ट पाेष्ट्रमाटम रिपोर्ट अात्मह’त्या भनेर अाएकाे थियाे ।

उनले अात्मह’त्यानै गरेपनि किन गरे भन्ने रहस्य अहिले सम्म खुल्न सकेको छैन । यता पारिवारिक स्राेतका अनुसार उनलाई घरपरिवार बाट कुनै दबाव तथा करकाप नदिएको पाइएको छ ।

उता जिल्ला प्रहरी कार्यालय अछामका अनुसार अनुसन्धान भइरहेको र माथि बाट कल तथा म्यासेन्जर रिपोर्ट अाउन केहि ढिलाई भइरहेको छ। इन्जिनियर बुढाकाे घटना छानवीनका लागि गृह मन्त्रालय तथा प्रधानमन्त्रीकाे कार्यालयबाट दबाब सिर्जना भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब निरीक्षक तुल्सीराम अर्यालले बताए ।

स्व इन्जिनियर बुढाको परिवारबाट उनी कार्यरत गाउँपालिकाका केहि संकास्पत ब्यक्तिका नाममा किटानी जाएरी आएकाे भएपनि कुनै तथ्य विना मुद्दा दर्ता नगरेको प्रहरी निरीक्षक अर्यालकाे भनाई छ । घटना छानवीनका लागि प्रहरीले हरेक काेणबाट अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएको छ ।

स्व. इन्जिनियर हिक्मत बुढा पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ लयाँटीका हुन । उनी लयाँटीकै पहिलो सरकारी इन्जिनियर हुन । इमानदार , शालीन तथा कुसल इन्जिनियर गुमाएका उनका परिवारले न्यायको प्रत्याभूत गर्न पाएका छैनन ।