मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालमा २ दिने प्लाष्टिक सर्जरी शिबिर सम्पन्न, ३५ जनको शल्यक्रिया १४ जना रेफर

बयालपाटा अस्पतालमा २ दिने प्लाष्टिक सर्जरी शिबिर सम्पन्न, ३५ जनको शल्यक्रिया १४ जना रेफर


अछाम : जिल्लाको बयालपाटा अस्पतालमा २ दिने निशुल्क प्लाष्टिक सर्जरी शिबिर सम्पन्न भएको छ । किर्तिपुर अस्पताल काठमाण्डौँको आयोजनमा भएको शिबिरमा ४९ जनाले सेवा पाएका छन् ।

जसमा ३५ जनाको बयालपाटा अस्पतालमै सर्जरी (अप्रेसन) भएको छ भने १४ जनालाई नेपालगञ्ज रेफर गरिएको छ । किर्तिपुर अस्पतालका डाक्टर शंकरमान राई, सर्जन डाक्टर किरण नकर्मी र एनेसथेसिया श्यामेन्द्र सिंह लगायतको टोलीले अप्रेसन तथा उपचार गरेको थियो ।

शिबिरमा जम्मा ६६ जना बिरामी आएपनि १७ जना शिबिरको दायरामा नपर्ने भएकाले उनिहरुलाई सुझाब सल्ला दिएर पठाईएको छ ।

स्माईल टेन र रिसर्ज ईन्टरनेशनलको सहयोग तथा फेक्ट नेपाल र किर्तिपुर अस्पतालको प्राविधिक सहयोगमा शिबिर संचालन गरिएको थियो ।

शिबिरमा ओठ तथा तालु चिरिएका खुँडे तथा आगोले पोलेर एक भागसंग अर्को भाग जोडिएर कुँजो भएकाहरुको उपचार तथा शल्यक्रिया गरिएको बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दिप पाठकले बताए ।

शिबिर सम्पन्न गर्न स्थानिय साँफेबगर नगरपालिका र बयालपाटा असपतालको सहयोग रहेको थियो ।