मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरपालिकामा हाल सम्म करिब ८ सय नामावली सङ्कलन

पञ्चदेवल नगरपालिकामा हाल सम्म करिब ८ सय नामावली सङ्कलन


अछाम : फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउने कार्यक्रमले तिव्रता पाएको छ । नयाँ तथा छुट भएका व्यक्तिलाई पायक पर्ने निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय इलाका प्रशासन कार्यालय तथा नगरपालिकाको कार्यालयबाट बाट मतदाता सहितको नाम दर्ता गराउने कार्यक्रम प्रारम्भ भइसकेको निर्वाचन आयोग नेपालले जनाएको छ ।

केहि दिन देखि आफ्ना निर्वाचन कार्यालयहरुमा नाम दर्ता गराउनेहरुको भिडभाड भइरहेको देखिन्छ । १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिको मतदाता नामावली सङ्कलन कार्य देशका सबै निर्वाचन कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र तोकिएका इलाका प्रशासन कार्यालयबाट भइरहेको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिकामा पनि मंसिर २८ गते देखी पौष ८ गते भित्र सम्पन्न हुने गरी नामावली सङ्कलन भइरहेको छ । हाल सम्म ८ वटा वडाको संकलन कार्य सम्पन्न भएकोमा ७ सय ५० भन्दा बढी नामावली नयाँ दर्ता भएको निर्वाचन समितीले जानकारी दिएको छ ।

सुचनाको कार्यतालिका अनुसार वडा नम्वर १ कुइका र २ विनायकका नयाँ मतदाताहरुको संकलन कार्य मंसिर २८ र २९ गते, ३ विनायक र ४ कालिकास्थानको पौष १ र २ गते, बारला र कालेकांडाको पौष ३ र ४ गते,तोली र पुल्लेतोलाको ५ र ६ गते सम्पन पश्चात लयाँटीको पौष ७ गते फोटो सहितको नया मतदाता नामावली संकलन गरिने कार्यतालिका सार्वजनिक गरेको छ ।

पौष ७ गते वडा नम्वर ५ लयाँटीका नयाँ मतदाताको नामावली संकलन गर्रे कार्य तालिका रहेको छ । बाँकी रहेका सम्पुर्ण वडा लगायत अन्य नामावली ८ गते पनि संकलन गरिने भएको छ ।

सुचनामा उल्लेखित विवरण सहित सहभागी भई फोटो सहितको मतदाता नामावली संकलन कार्यमा सहयोग गरिदिन निर्वाचन कार्यालय पञ्चदेवल विनायक नगरपालिकाले जनाएको छ ।

नामावली सङ्कलन विशेष कार्यक्रम सञ्चालन भइरहँदा कतिपय युवा पुस्ता आफ्नो क्षेत्र भन्दा बाहिर रहनु परेको छ । सहयोग र सहजीकरण गर्न राजनीतिक दल लगायत सबैमा अपिल निर्वाचन आयोगले गरेको छ ।