मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा १२ देखि १७ बर्ष उमेर समुहकालाई कोभिड १९ बिरुद्धको खोप लगाईदैँ, ३९ हजारलाई खोप लगाउने लक्ष्य

अछाममा १२ देखि १७ बर्ष उमेर समुहकालाई कोभिड १९ बिरुद्धको खोप लगाईदैँ, ३९ हजारलाई खोप लगाउने लक्ष्य


सरस्वती प्राथमिक बिद्यालय ककडसातका बिद्यार्थीलाई खोप लगाउदैँ बयालपाटा अस्पतालका सामुदायिक स्वास्थ्य नर्स ज्ञानु खड्का र रमिता बोगटी ।

अछामका १० वटै पालिकामा कोभिड बिरुद्धको खोप अभियान संचालन हुदैँ,

अछाम : अछाम जिल्लामा कोभिड १९ बिरुद्धको खोप अभियान सुरु भएको छ । जिल्लाका दश वटै स्थानिय पालिकामा कोभिड १९ कोरोना बिरुद्धको खोप लगाईने स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिृकत झनक ढुंगानाका अनुसार १२ देखि १७ बर्ष उमेर समुहकालाई पहिलो चरणको खोप लगाईने भएको हो ।

जिल्लाका ३ सय ४७ वटा बिद्यालयका ३९ हजार ६१ बिद्यार्थीलाई पहिलो चरणमा खोप लगाईने ढुंगानाले बताए । सोही अन्र्तगत मंगलबार साँफेबगर नगरपालिकाबाट खोप संचालन भएको छ ।

अधिकृत ढुंगानाका अनुसार भोली बुधबार अछामका अन्य ८ वटा पालिकामा एकसाथ खोप लगाईनेछ भने कमलबजार नगरपालिकामा ९ गते कोभिड १९ बिरुद्धको खोप लगाईने छ ।

११ गते भित्र अछाम जिल्लाका ३९ हजार नागरिकलाई खोप लगाईने लक्ष्य लिईएको अधिृकत ढुंगानाले बताए ।

खोप लगाईसके पश्चात कुनै अवान्छित घट्ना भएमा पहिलो चरणमा पालिकाका स्वास्थ्य शाखाले उपचार गर्ने र थप उपचारको लागि जिल्ला अस्पताल, बयालपटा अस्पतालको चिकित्सकको टिम तयारी अवस्थामा राख्ने र उक्त कार्यको समन्वय स्वास्थ्य कार्यालय अछामले प्रमुख ढुंगानाले सुदूरआजलाई बताए ।

सरस्वती प्राथमिक बिद्यालय ककडसातका बिद्यार्थीलाई खोप लगाउदैँ बयालपाटा अस्पतालका सामुदायिक स्वास्थ्य नर्स ज्ञानु खड्का र रमिता बोगटी ।
सरस्वती प्राथमिक बिद्यालय ककडसातका बिद्यार्थीलाई खोप लगाईसकेपछि सामुहिक फोटो खिचाउदैँ बिद्यार्थी र सामुदायिक स्वास्थ्य नर्स ज्ञानु खड्का र रमिता बोगटी ।