मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममै सबै भन्दा बढि बेरुजु गर्ने पालिकाकाे लिस्टमा पञ्चदेवल विनायक पनि

सुदूरपश्चिममै सबै भन्दा बढि बेरुजु गर्ने पालिकाकाे लिस्टमा पञ्चदेवल विनायक पनि


सुदूरपश्चिममै सबैभन्दा बढि बेरुजु बाजुराको त्रिवेणी नगरपालिकामा १७.६० प्रतिशत

अछाम : सुदूरपश्चिम प्रदेश अन्तर्गत अछामको पञ्चदेवल विनायक नगरपालिका स्थानीय तहगत बेरुजु अन्तर्गत दाेस्राे स्थानमा छ ।

महालेखा परिक्षककाे कार्यालयबाट सार्वजनिक लेखापरीक्षण प्रतिवेदन २०७८ अन्तर्गतको एक तथ्यांकमा पञ्चदेवल विनायक नगरपालिकामा १५.६७ प्रतिशत बेरुजु देखिएको हाे ।

सुदूरपश्चिम प्रदेशभर लेखापरीक्षण हुँन बाँकी दार्चुला बाहेक जिल्लाहरुका स्थानीय तहहरुमा सबैभन्दा बढि बेरुजु बाजुराको त्रिवेणी नगरपालिकामा १७.६० प्रतिशत भएको छ भने सबैभन्दा कम डडेल्धुराकाे अजयमेरु गाउँपालिकामा ०.६० प्रतिशत वेरुजु देखिएको तथ्यांकमा उल्लेख छ ।

सुदूरपश्चिममा सबैभन्दा बढी बेरुजु भएका पालिकाहरु त्रिवेणी नगरपालिका बाजुरा, पञ्चदेवल विनायक नगरपालिका अछाम, टिकापुर नगरपालिका कैलाली, भजनी नगरपालिका कैलाली, अादर्श गाउँपालिका डाेटी, महाकाली नगरपालिका कन्चनपुर,साइपाल गाउँपालिका बझाङ बढी बेरुजु हुने पालिका हुन ।

यस्तै सबैभन्दा कम बेरुजु देखिएका पालिका मध्य अजयमेरु गाउँपालिका डडेल्धुरा, दुर्गाथली र केदारस्युँ गाउँपालिका बझाङ कम वेरुजु हुने पालिकाकाे लिस्टमा पर्दछन ।