मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपचार हुन नसकी ४ बर्ष देखि थला परेकी मनपुरालाई नगर उपप्रमुख चलाउनेद्धारा सहयोग हस्तान्त्ररण

उपचार हुन नसकी ४ बर्ष देखि थला परेकी मनपुरालाई नगर उपप्रमुख चलाउनेद्धारा सहयोग हस्तान्त्ररण


अछाम : जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. ९ कालेकाडाँकी एक किशारीलाई सहयोग गरिएको छ । पञ्चदेवल बिनायक नगरपालिकाले उनलाई न्यानो लुगा कपडा, स्वास्थ्य सामाग्री र सेनिटरी प्याड लगायतका सामाग्री सहयोग गरिएको नगर उपप्रमुख अम्बिका चलाउनेले बताईन् ।

कालेकाँडाका नन्नाराम भाटकी १६ बर्षिया मनपुरा भाट घरको आर्थिक अवस्था कम्जोर भएपछि बिगत ४ बर्ष देखि बिरामी भएर थला परेको भन्ने थाह पाएपछि नगर उपप्रमुख चलाउनेले पहल गरेर उनलाई उक्त सामाग्री प्रदान गरिएको हो ।

४ बर्ष देखि बिरामी हुदाँ पनि आर्थिक अवस्था कम्जोर भएका कारण उपचार नगरी घरमै बसेका कारण उनि पूर्ण रुपमा प्यारालाईसिस भएर थला परेकी छन् । उनलाई अहिले सम्म कही कतै बाट सहयोग प्राप्त भएको छैन ।

आमा बुवाको आर्थिक अवसथा कम्जोर बिपन्न घरपरिवारको भएका कारण उनले कहीँ कतै पहल नगरेको नगर उपप्रमुख चलाउनेले बताईन् । अब उपचार गराउन सकिने अवस्थामा नगरले आर्थिक सहयोग गर्ने पनि उनले बताईन् ।

आफु कृषी कार्यक्रमको अनुगमनमा जाँदा सो कुरा थाह पाएपछि तत्कालका लागि स्वास्थ्य सामाग्री र लुगाकपडा सहयोग गरेको र आउने दिनमा उपचारका लागि नगर बाट सहयोग गरिने उनले बताईन् ।

ति बालिकाका अभिभावक यस्तो अवस्थामा आईपुग्दा पनि आफ्नो सम्पर्कमा नआएकाले उपचार हुन नसकेको उनले बताईन् । आफ्नो वा नगरको सम्पर्कमा आएको भए उनको उपचारका लागि पहल गर्न सकिने थियो उनले भनिन् ।

बाल संरक्षण समितीका अध्यक्ष समेत रहेका चलाउनेले सोही आकस्मिक बाल संरक्षण कोष बाट सहयोग गरिएको बताईन् । उनको उपचारको लागि नगरबाट आर्थिक सहयोग गर्न सकिने उपप्रमुख चलाउनेले बताईन् ।

मनपुराको नियमित महिनावारी पनि हुने र प्यारालाईसिस भएपछि दिशा पिशा समेत व्यावस्थापन गर्न नसक्ने अवस्थामा पुगेकी छन् ।