मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेलमिलाप कर्ताहरुका लागि ३ दिने पुनर्ताजकिय तालिम कमलबजारमा सुरु

मेलमिलाप कर्ताहरुका लागि ३ दिने पुनर्ताजकिय तालिम कमलबजारमा सुरु


अछाम : दिगो शान्तिका लागि उन्नत सम्बन्ध भन्ने नाराका साथ सामुदायिक मेलमिलाप कर्ताहरुका लागि ३ दिने पुनर्ताजकिय तालिम कमलबजार नगरपालिकामा सुरु भएका छ।

कमलबजार नगरपालिका र न्यायिक समितिको आयोजनामा भएको तालिमको उदघाटन न्यायिक समितिका संयोजक तथा कमलबजार नगरपालिका नगर उप्रप्रमुख भुमिसरण ढकाल बजगाइले गरिन । न्यायिक समितिका संयोजक तथा कमलबजार नगरपालिका नगर उप्रप्रमुख भुमिसरण ढकाल बजगाइको अदक्ष्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि कमलबजार नगरपालिका नगर प्रमुख ओमप्रकाश बिष्ट रहेका थिए।

प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख बिष्टले कोइ कसैको एज्जतमा धक्का पुर्याउने नियतले वा धक्का पुग्ने हिसाब नबोलन आग्रह गरे । कसैले ब्यतिगत चरित्र नैतिकता वा ब्यक्तिलाइ होच्याउने काम गरे सहेर नबस्न पनि आग्रह गरे ।

गाली बेइजजती र्गर्न निजलाइ उपदफा १ बमोजिमको कसुर र्गने वा गराउने ब्यतिलाइ एक बर्षसम्म कैद वा १० हजार रुपैयासम्म जरिबाना वा दुवै सजाया हुने ब्याबस्था रहेको छ।

३ दिन सम्म चल्ने पुनर्ताजकिय तालिममा कमलबजार नगरपालिका प्रमुख प्रसासकिय अधिकृत खड्क बहादुर बिष्ट कमलबजार नगरपालिकका १० वटै वडाका मेलमिलाप कर्ता न्यायिक समितिका सदस्य तथा कमलबजार नगरपालिका वडा नं १० का वडा अदक्ष्य भिम बहादुर बिष्ट खाने पानि तथा सरसफाइ समितिका संयोजक पबित्रा भण्डारी महिला तथा बालबलिका साखा प्रमुख डम्बरा ढुगाना पत्रकार लगाएतको सहभागिता रहेको थियो।

मेलमिलाप कार्ताहरुका लागि ३ दिने पुनर्ताजकिय तालिमको सहजिकरण अधिबक्ता मातृका भण्डारी र प्रसासन शाखा प्रमुख पुर्ण प्रसाद बजगाइले गरिरहेका छन।