मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिकाद्धारा बयालपाटा अस्पताललाई ५ लाख सहयोग

मंगलसेन नगरपालिकाद्धारा बयालपाटा अस्पताललाई ५ लाख सहयोग


अछाम । जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकाले बयालपाटा अस्पताललाई ५ लाख रुपयाँ आर्थिक सहयोग गरेको छ ।

आर्थिक बर्ष २०७८/०७९ मा बिनियोजित गरिएको ५ लाखको चेक नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले बयालपाटा अस्पतालका बित्त प्रमुख रामराज खकुरेललाई हस्तान्त्ररण गरे ।

अस्पताल संचालन र व्यावस्थापनमा सहयोग पुगोस् भनेर बिनियोजित गरे अनुसारको रकम सहयोग गरिएको नगर प्रमुख बोहराले बताए ।

बयालपाटा असपताले यस क्षेत्रका जनतालाई निशुल्क गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरिरहेको भन्दै नगर प्रमुख बोहराले सेवामा कम हुन नदिन नगरले सहयोग गरेको बताए ।

आगामी दिनमा समेत नगरको तर्फबाट सहयोग रहने उनको भनाई छ । अछाममा २ अस्पताल संचालनमा रहेकाले दुबै अस्पतालको सेवालाई प्रभावकारी बनाउन सबै क्षेत्रको सहयोगको खाँचो रहेको बताए ।

नगर प्रमुख बाहराले बयालपाटा अस्पतालमै चेक हस्तान्त्ररण गरेका हुन् ।