मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जन्म दिनमा प्रशासकीय प्रमुख जोशीको परोपकारी काम

जन्म दिनमा प्रशासकीय प्रमुख जोशीको परोपकारी काम


५० जना भन्दा बढीलाई भोजन, बालबालिकालाई आर्थिक र शैक्षिक सामाग्री सहयोग ।

अछाम : जन्म दिनको अवसरमा एक जनम प्रशासकले फरक तरिकाले जन्म दिन मनाएका छन् । अछाम जिल्लाको बान्नीगढी जयगढ गाँउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीले आफ्नो जन्म दिनमा परोपकारी काम गरेका छन् ।

जन्म दिनको अवसरमा प्रमुख प्रशासकीय अधिकृत जोशीले कैलालीको धनगढीमा रहेको दृष्टि फाउन्डेशनमा खाना खुवाउनुका साथै शैक्षिक सामाग्रीका लागि आर्थिक सहयोग समेत गरेका छन् ।

जन्म दिनमा अन्य फजुल खर्च गर्नुभन्दा सामाजिक क्षेत्रमा काम गर्नु परोपकारी हुने भन्दै जोशीले जन्मदिनको अवसरपारी फाउण्डेशनमा रहेकाहरुलाई मंगलबार साझको भोजन र फाउन्डेशनमा रहेका नानी बाबुहरुको शैक्षिक सामग्री खरिदका लागि नगद १६ सय रुपयाँ सहयोग गरेका हुन् ।

जन्म दिनको अवसरमा जोशीले आफ्ना श्रमिती सामाजिक अभियान्ता हिरा जोशी, छोराहरु सञ्जीव जोशी, सुदर्शन जोशी र छोरी सदिक्षा जोशी सहित उपस्थिती भएर फाउण्डेशनका बालबालिकाहरुलाई भोजन गराए ।

सो अवसरमा फाउण्डेशनले जोशी सहित उनका परिवारलाई धन्यवाद दिदैँ सामाजिक कार्यमा लागेका पाइलाले सफलताको शिखर चुमोस्,आटेका सोचेका हरेक सपनाहरु पुराहुदै जाउन् भन्ने कामना समेत व्यक्त गरे ।

धनगढी मा रहेको दृस्टी फाउन्डेसनले बेसहारा, सडक बालबालिका तथा बृधबृधा र मानसिक रोगीको संरक्षण गर्दै आएको छ । उनीहरुलाइ सहयोग पुगोस भन्ने मनसायले यो कार्य गरिएको प्रमुख जोशीले बताए ।
भोजन सहित जोशीले फाउन्डेसन लाई दाल चामल तरकारी ,बेसार तेल नुन ,मसला ,मासु आदि खाध्यान्न सामाग्री समेत प्रदान गरे ।

फाउण्डेशनमा रहेका बालबालिकालाई शैक्षिक सामाग्री र आर्थिक सहयोग जोशीले आफ्नै हातले ५० जना भण्दा बढीलाई खाना खुवाए ।