मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षकहरुले शिक्षा ऐन नियमावली पढ्नु भएको रैनछ :प्रशासक माझी

शिक्षकहरुले शिक्षा ऐन नियमावली पढ्नु भएको रैनछ :प्रशासक माझी


विद्यालयमाथी नगरपालिकाको अनुगमन प्रक्रिया नमिलेको भन्दै पञ्चदेवल विनायक नगरपालिकामा सर्वत्र आलोचना

अछाम: जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाका सम्पुर्ण विद्यालयका प्रधानाध्यापकहरुको वैठक विनायकमा सम्पन्न भएको छ ।

नगरपालिकाले गरेको अनुगमन माथी सर्वत्र आलोचना हुँदा प्रधानाध्यापकहरु संग स्पष्टीकरण माग सहित आइतवार वैठक सम्पन्न भएको हो ।

फाल्गुन ३० गते पञ्चदेवल विनायक नगरपालिकाद्धारा गरिएको विद्यालय अनुनगमनमा शिक्षकको हाजिरीमा रातो लगाइएको प्रती केहि शिक्षकहरुले सामाजिक सञ्जाल फेशबुक मार्फत आलोचना गरेका थिए ।

पञ्चदेवल नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको वैठकको अध्यक्षता ग्रहण गर्नु भएका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीले विद्यालयका शिक्षकहरुले शिक्षा ऐन नियमावली अध्ययन नगरेको बताए ।

विद्यालयमा गरिएको शिक्षक हाजिरी प्रति आपत्ती जनाई सामाजिक सञ्जालमा शिक्षकहरुले आफ्नो गलत आचरण प्रद्धशन गरेको आरोप लगाए ।
विद्यालयको प्रशासनिक क्षेत्रमा प्रधानाध्यापकहरुको सबै भन्दा बढी जिम्मेवारी हुने भएकाले आफ्नो भुमिका,कर्तव्य र मर्यादा विपरित काम नगर्न निर्देशन समेत दिए ।
आफ्नो पृष्ठभुमि पनि शिक्षक पेशा रहेको स्मरण गराउँदै प्रशासक माझीले पदिय जिम्मेवारी बाट विमुख नभै कानुन सम्मत गरिएका क्रियाकलापको आलोचना नगर्न अनुरोध गरे ।

शिक्षकको हाजिरीमा रातो लगाइएको प्रती आत्ति हाल्नु पर्ने अवस्था नरहेको र नगरपालिकाले गरेको अनुगमनमा केहि त्रुटी कमजोरीहरु भएको भए त्यसलाई सुधार्दै लैजाने उनले बताए ।

स्थानिय सरकारद्धारा अनुगमन हुनु राम्रो विषय भएको तर अनुगमन प्रक्रिया नमिलेको प्रति केहि शिक्षक तथा शिक्षक संगठनहरुले आपत्ती जनाएका थिए ।

नेपाल शिक्षक संघ पञ्चदेवल विनायक नगरपालिकाका निवर्तमान अध्यक्ष अम्मरनाथ ढकालका अनुसार नगर शिक्षा समितीको वैठकमा उपस्थित प्रधानाध्यापकको हाजिरीमा समेत रातो लगाइएको,शिक्षकको विद्यालयमा निवेदन हुँदाहुँदै समेत रातो लगाईएको,अनुगमनको अख्तियारी पाएका नगरका कर्मचारीलाई कुन महिनामा कति दिन हुन्छन त्यो पनि प्रष्ट नभएको, नगरमा अधिकृत हुँदाहुँदै हाजिरीमा रातो लगाउने जिम्मेवारी नगरका परिचरलाई दिएको,कक्षा १ देखी ३ को स्थानीय पाठ्यक्रम लागु हुन नसकेको,शिक्षकहरुलाई प्रवोधिकरण तालिम नदिएको, कक्षा ६ को मुल्याङ्कन प्रक्रियाको वास्ता नगरेको प्रति आपत्ती रहेको छ ।
नगरपालिकालाई सुझावको रुपमा सामाजिक सञ्जाल मार्फत लेखेको कुराको स्पष्टीकरण मागेको प्रती संयुक्त शिक्षक संगठनहरुको ध्यानार्कषण भएको अम्मरनाथ ढकालले रेडियो पञ्चदेवललाई जानकारी दिए ।

नगरपालिकाको अनुगमनको स्वागत गर्दै भवानी मावी पुल्लेतोका प्रधानाध्यापक जनक रावलले विद्यालयको प्रशासनलाई जानकारी हुनु पर्ने सुझाव दिए ।
यस्तै धनमन्त्री मावी तोलीका प्रधानाध्यापक अक्कल रावलको धारणा पनि मिल्दो जुल्दो थियो । पानीमाथीको ओभानो बन्न खोज्नु गलत बिषय भएको टिप्पणी गरे ।

यस्तै नवज्योती मावी लयाँटीका प्राधानाध्यापक खम्मराज बुढाले कमी कमजोरी सबै संग हुने र त्यसलाई सुध्रिने मौका पनि दिन सकिने कुरालाई जोड दिए ।

आफु नगरपालिकाकै शिक्षा शाखाको वैठकमा उपस्थित रहँदा नगरपालिकाकै कर्मचारी गएर रातो लगाउनु गलत भएको उनले उल्लेख गरे ।

पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीको अध्यक्षतामा सम्पन्न भएको वैठकमा नगरपालिकाका इन्जिनिएर नरेश न्यौपाने,शिक्षा युवा तथा खेलकुद शाखा संयोजक डम्बर थापा,रोजगार संयोजक भरतराज अधिकारी,सम्पुर्ण विद्यालयका प्रधानाध्यापक लगाएको सहभागीता रहेको थियो भने वैठकको सञ्चालन तपेन्द्र धामीले गरेका हुन ।