मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टोल टोलमा पुगेर कांग्रेस जिताउने हो : केन्द्रीय सदस्य राना

टोल टोलमा पुगेर कांग्रेस जिताउने हो : केन्द्रीय सदस्य राना


बितेको ५ बर्षे कार्यकाल तथा घोषणा पत्रको समिक्षा सहित आगामी निर्वाचनका लागी पार्टीलाई पहिलो शक्ती बनाउन नेपाली कांग्रेसले जिताऔँ अभियानको थालनी गरेको हो :सहमहामन्त्री चलाउने

अछाम: नेपाली कांग्रेसका केन्द्रीय सदस्य सिता रानाले नेपालका सबै जिल्लामा आसन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने उद्घोष गरेकी छन ।

घर घर जाऔँ काँगे्रेस जिताऔँ अभियान अन्र्तगत अछाम आएकी केन्द्रिय सदस्य रानाले ७७ वटै जिल्लामा काँगे्रस जिताउने केन्द्रको निर्णय अनुसार अहिले केन्द्रिय कार्यसमितीका सम्पुर्ण पदाधिकारी जनताको घरघर पुगिरहेको बताईन ।

मंगलवार नेपाली काँगे्रस पञ्चदेवल विनायक नगर कार्यसमितिको आयोजनामा भएको बृहत आमसभामा प्रमुख अतिथीको आसन बाट बोल्दै काँग्रेस भित्रको अन्तरसंघर्षका कारण धेरै ठाउँमा पराजय भोगेकाले आगामी दिनमा सबैका मन भावनालाई समेट्दै पार्टी सुदृढीकरणको अभियानमा आफु लागेको बताईन ।

नेपाली काँगे्रसको १४ औँ महाधिवेशन बाट भर्खरै निर्वाचित भएका पदाधिकारीहरुले अब प्रत्यक टोलमा र प्रत्यकका घरमा पुगेर मजवुत संगठन बनाउनु पर्ने कुरालाई केन्द्रिय सदस्य रानाले जोड दिइन ।

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सहमहामन्त्री अम्बिका चलाउनेले अहिले सम्मको सबै विकास नेपाली काँगे्रसले नेतृत्व गरेको सरकारबाट भएको बताएकी छन ।

बितेको ५ बर्षे कार्यकाल तथा घोषणा पत्रको समिक्षा सहित आगामी निर्वाचनका लागी पार्टीलाई पहिलो शक्ती बनाउन नेपाली काँगे्रसले ‘घर घर जाआँै काँगे्रस जिताऔँ’ अभियानको थालनी गरेको उल्लेख गनिन ।

नेपाली काँगे्रेस पञ्चदेवल नगरकार्य समितीले आयोजना गरेको आमसभामा विशिष्ट अतिथीको आसनबाट बोल्दै सहमहामन्त्री तथा पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख समेत रहेकी चलाउनेले नगरपालिकाको विकास आफ्नै नेतृत्वमा भएको बताईन ।

संघीयताको पहिलो अभ्यासमा केहि सिकाई संगै अहिले पनि विकास योजनाका थुर्पै काम कर्मागत चरणमा रहेको र बाँकी विकास पनी यसपछि काँगे्रसकै नेतृत्वमा निर्माण हुने स्थानीय सरकारले गर्ने भएकाले आसन्न निर्वाचनामा आफ्नै पार्टीलाई जिताउन सहमहामन्त्री चलाउनेले सम्पुर्णमा आग्रह गरिन ।

आमसभामा विशिष्ट अतिथी रहेका नेपाली काँगे्रस जिल्ला कार्यसमितीका सभापती पुष्प बहादुर शाहले मुलुकमा आमुल परिवर्तन काँगे्रस पार्टीका कारण भएको बताए । देशमा जुन प्रकारले परिर्वतन हुनुपर्ने हो त्यसो हुन नसकेकोमा दुख व्यक्त गरेका छन् । समाज परिर्वतन र विकासका लागि मुलुकमा भएका आन्दोलन तथा क्रान्तिबाट प्राप्त प्रतिफल सन्तुष्ट हुने खालको नरहेको बताए ।सभापती शाहले राजनितिक दलहरुले देश र समाज भन्दा बढी व्यक्तीगत स्वार्थमा बढी लागि लागेको बताए ।

यस्तै निर्वतमान सभापती भरत कुमार स्वारले नेपाली काँगे्रसका लागी आफ्नो जस्तो सुकै मुल्य चुकाउन तयार रहेको बताए ।

आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँगे्रसलाई दुइतिहाई बहुमतका साथ विजयी गराउन सबैले मन भित्रका कुण्ठा त्याग्नु पर्ने उल्लेख गरे । आमसभामा विशिष्ट अतिथी समेत रहेका स्वारले पार्टीको आन्तरिक दौडमा केहि अगाडी पछाडी भएकोमा कसैले यसलाई ठुलै प्रतिशोधका साथ नलिन आग्रह गरे ।

नेपाली काँग्रेसको घर घर जाँउ काँग्रेस जिताऔं अभियान अन्तर्गत नेपाली काँग्रेस पञ्चदेवल विनायक नगर कार्यसमितिको आयोजनामा बृहत आमसभा कार्यक्रम विनायकमा सम्पन्न भएको छ ।

नगर कार्यसमिति सभापती सज्जन बहादुर शाहीको अध्यक्षतामा आमसभा सम्पन्न भएको हो ।