मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वल्ड्र भिजन तथा वाक नेपालद्धारा विपन्न परिवारलाई स्मार्ट अनुदान

वल्ड्र भिजन तथा वाक नेपालद्धारा विपन्न परिवारलाई स्मार्ट अनुदान


अछाम वल्ड्र भिजन तथा वाक नेपालले विपन्न परिवारलाई कृषि सामाग्री सहयाेग गरेको छ ।

वल्ड्र भिजन तथा वाक नेपालकाे साझेदारीमा सञ्चालित उथ्थानशील जिविकाेपार्जन तथा पाेषणा परियाेजनाकाे स्मार्ट अनुदान कार्यक्रम अन्तर्गत पञ्चदेवल र कमलबजार नगरपालिकाका ४० जनालाई सामाग्री हस्तान्तरण गरिएको हाे ।

अाधुनिक कृषि प्रणालीको विकास संगै महिलाहरुकाे कार्यबाेझ घटाउने उदेश्यका साथ अति विपन्न,एकल महिला,दलित तथा दर्ता गरिएका बालबालिकालाई मंगलबार सामाग्री हस्तान्तरण गरिएको परियाेजनाका फिल्ड सहजकर्ता सिर्जना अधिकारीले जानकारी दिइन ।

पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २,४ र ६ का २४ जना र कमलबजार नगरपालिका वडा नम्बर ३ र ५ का १६ जनालाई प्लास्टिक,इन्सेक्ट नेट,Staking Rope, Staking Clips,टमाटरकाे बीउ,प्लास्टिक क्यारेट,मल्चिङ सेट गरि २१ हजार ४ सय ८५ रुपैयाँ बराबरको सामान हस्तान्तरण गरिएको जिविकाेपार्जन तथा पाेषणा परियाेजना फिल्ड सहजकर्ता सिर्जना अधिकारीले जानकारी दिइन ।

हस्तान्तरण कार्यक्रममा परियोजनाका फिल्ड अधिकृत धिरज ढुंगाना,फिल्ड सहजकर्ता जानकी बाेगटी,महेन्द्र नेपाली,खगेन्द्र बडुवाल,डम्बर बडुवालकाे सहभागीता रहेको थियाे ।