मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरपालिकाले करार कर्मचारीलाई ६ महिना देखि तलब दिएन

पञ्चदेवल नगरपालिकाले करार कर्मचारीलाई ६ महिना देखि तलब दिएन


अछाम : जिल्लाकाे पञ्चदेवल विनायक नगरपालिकाले ६ महिना देखी करार कर्मचारीलाई तलब दिएको छैन ।

अस्थायी, करार, ज्यालादारी कर्मचारीहरुले ६ महिना देखी तलब नपाउँदा अाफ्नाे कार्य सम्पादन बाट बाहिरिएका छन ।

विभिन्न बाहानामा विगत ६ महिनादेखि करार कर्मचारीहरुबाट सेवा लिने र म्याद थप तथा पारिश्रमिक सम्बन्धमा कुनै पनि अाधिकारिक निर्णय नगरेको प्रति अस्थायी, करार, ज्यालादारी कर्मचारी हकहित मञ्चले अापत्ती जनाएको छ ।

बिहिवार विज्ञप्ति निकाल्दै करार कर्मचारीले अाफ्ना पक्षमा तत्काल निर्णय नगरुनजेल सम्म कार्य सम्पादनमा नफर्किने चेतावनी दिएका छन ।

पञ्चदेवल विनायक नगरपालिकाले विभेदकारी निर्णय गरेको अाराेप लगाउँदै उक्त कर्मचारी हकहित मञ्चले केहि करार कर्मचारीहरुलाई विना निर्णय पारिश्रमिक उपलब्ध गराएको प्रति अापत्ती जनाएको छ ।

अध्यक्ष प्रेम प्रसाद जैशी र प्रवक्ता प्रशान्त अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ,पञ्चदेवल विनायक नगरपालिकामा कार्यरत हामी सम्पुर्ण अस्थायी,करार, तथा ज्यालादारी कर्मचारीहरु विगत लामो समयदेखी निरन्तर काम गर्दै आएको सर्वविदितै छ । तसर्थ अस्थायी,करार तथा ज्यालादारी कर्मचारीहरु बिच पनि पञ्चदेवल विनायक नगरपालिकाले विभेदकारी निर्णय (केहि करार कर्मचारीहरुलाई बिना निर्णय पारीश्रमिक उपलब्ध गराएको ) गरेकाले मिती २०७८ चैत ८ मा अस्थायी,करार तथा ज्यालादारी कर्मचारी हकहित मञ्च पञ्चदेवल विनायक नगरपालिकाको समितिले गरेको निर्णय प्रती पनि पालिकाले कुनै सुनुवाई नगरेकाले हामी सम्पुर्ण करार कर्मचारीहरु घोर भत्र्सना गर्दछौँ । यो वा त्यो बाहानामा विगत ६ महिना देखी करार कर्मचारीहरुबाट सेवा लिने र म्याद थप तथा पारिश्रमीक सम्बन्धमा कुनैपनि आधिकारीक निर्णय नभएको र पटकपटक एक अर्काप्रती आरोप प्रत्यारोप गरी नगरपालिका पन्छिन खोजेको सन्दर्भमा हाम्रो ध्यानार्कषण भएको छ । बिगतका बर्षदेखी करिब ८७ प्रतिशत भन्दा बढी करार सेवामा कार्यरत कर्मचारीहरुले कार्यसम्पादन गर्दै आएको हुँदा समयमै कार्यालयले हाम्रो निर्णय प्रती चाँसो नदेखाएमा हाम्रा निरन्तर संर्घर्षका कार्यक्रमहरु अगाडी बढाउने कुरा यसै विज्ञप्ती मार्फत जानकारी गराउँदछौँ । यस बाध्यात्मक परिस्थितिबाट सेवाग्राहीमा पर्न गएको असरप्रती क्षमा चाहन्छौँ । जारी विज्ञप्तीमा भनिएको छ ।

करार कर्मचारीको आन्दोलन पश्चात पञ्चदेवल विनायक नगरपालिकाको आकस्मिक बैठक बसेको छ ।

पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पपद बहादुर माझीका अनुसार नगरकार्यपालिकाको बैठकले करार अवधीे नथप्दा तलब पाउनबाट बन्चित भएका हुन ।

उनिहरुका मागलाई सम्बोधन गर्दै अहिले सम्म नसकिएको कार्यपालिका बैठकको माइनटमा म्याद थप तथा तलब उपलब्ध गराउने निर्णय गरिएको प्रशासक माझीले सुदूरआजलाई जानकारी दिए ।

आफ्ना माग सम्बोधन भए पश्चात करार कर्मचारीहरुले आन्दोलन फिर्ता लिएको पनि जानकारी दिए ।