मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु

अछाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु


अछाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाएको मृत्युु भएको छ ।

जिल्लाकाे पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ लयाँटीमा बिहीवार साँझ ८ बजे दुर्घटना हुँदा गाडी चालक भुपेन्द्र शाहीकाे थप उपचारका क्रममा जिल्ला अस्पताल मंगलसेनमा मृत्यु भएको हाे ।

विनायक बाट खाद्यान्न सामान लिएर लयाँटी जाने क्रममा लयाँटीकै बबाचाैरमा भे.१ त ८९३४ नं.को ट्याक्टरको ब्रेक फेल हुँदा दुर्घटना भएको विनायक प्रहरीले जानकारी दिएको छ ।

थप उपचारका लागि विनायक बाट मंगलसेन रेफर गरे पनि उनलाई बचाउन नसकिएको जिल्ला अस्पताल मंगलसेनले बताएको छ ।