मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा टाइफाइड विरुद्धको खाेप अभियान सञ्चालन गरिदै

अछाममा टाइफाइड विरुद्धको खाेप अभियान सञ्चालन गरिदै


जनस्वास्थ्यकाे प्रभावकारी कार्यक्रममा अनिवार्य सहभागी हुन लक्षित वर्गलाई अनुरोध

अछाम : टाइफाइड राेग विरुद्धकाे खाेप अभियान तथा नियमित खाेपमा टाइफाइड खाेपकाे सुरुवात गर्दै जिल्ला खाेप समन्वय समिति र सञ्चारकर्मी बिच अभिमुखिकरण कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ ।

जिल्लाका ९४ हजार ७ सय ८४ जना लक्षित वर्गलाई खाेप लगाउने उदेश्यले सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय अछामको अायाेजनामा जिल्ला अस्पताल मंगलसेनमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हाे ।

अछामका दस वटै पालिकामा २०७८ साल चैत २५ गते देखि २०७९ बैशाख १८ गते सम्म सञ्चालन हुने खाेप अभियान जिल्लाका ७ सय ९३ विद्यालय तथा पाएक पर्ने खाेप केन्द्र बाट सञ्चालन गरिने जनस्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ ।

खाेप निशुल्क पाइन्छ,खाेप सुरक्षित हुन्छ,खाेपले जीवन रक्षा गर्छ भन्ने मुल नारा सहित जनस्वास्थ्यकाे प्रभावकारी कार्यक्रममा १५ बर्ष मुनिका सम्पुर्ण बालबालिकालाई नजिकैको खाेप केन्द्र तथा अाफु अध्ययनरत विद्यालयबाट अनिवार्य खाेप लिन अनुरोध गरिएको छ ।

पहिलाे चरणमा चैत २५ गते देखि ३० गते सम्म चाैरपाटी,साँफेवगर,मेल्लेख,बान्निगढी जयगढ,रामाराेशन,मंगलसेन र कमलबजारका ६६ वटा वडाहरुमा सञ्चालन गरिनेछ भने दास्राे चरण अन्तर्गत मिति २०७९ बैशाख ३ गते देखि ७ गते सम्म पञ्चदेवल विनायक नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकाका २५ वटा वडामा एकै साथ खाेप सञ्चालन गरिने जनस्वास्थ्य कार्यालयकाे याेजना छ ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नर बहादुर कुँवरकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मंगलसेन नगरपालिकाका नगर प्रमुख,प्रमुख जिल्ला अधिकारी,जनस्वास्थ्य अधिकृत लगायत जिल्ला स्थित सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।