मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँदको भुलुमा पहिलो पटक सड्क पुग्यो

तुर्माखाँदको भुलुमा पहिलो पटक सड्क पुग्यो


अछाम । जिल्लाको सदरमुकाम बाट दुर्गममा रहेको भुलुमा पहिलो पटक सड्क पुगेको छ । तुर्माखाँद गाँउपालिकाको पहलमा पालिकाको वडा नं. २ भुलुमा पहिलो पटक सड्क पुगेको हो ।

गाँउपालिकाको आफ्नै लागतमा उक्त सड्क निर्माण सम्पन्न भएको पालिका अध्यक्ष पुष्पराज शर्माले बताए । तुर्माखाँद गाउँपालिकाको केन्द्र र वडा नम्बर २ को केन्द्र रहेको भुलु पहिलो पटक एक आपसमा जोडिएका छन् ।

भुलुमा पहिलो पटक सड्क पुगेपछि स्थानिय निकै हर्षित भएका छन् । आवत जावत गर्न र गाँउमा उत्पादन भएको बस्तु शहरमा बिक्री बितरण गर्न समेत सहज हुनेभएको छ । यस्तै बिरामी पर्दा समेत सहजै उपचारका लागि जिल्ला लैजान समेत सड्क बनेपछि सहज हुनेछ ।

गाउँपालिकाको केन्द्र देखि वडा केन्द्र सम्मको दुरि ४३ किलोमीटर रहेको छ । तुर्माखाँद गाँउपालिकाको अरु वडामा सड्क पुगेका छन् भने वडा नम्बर १ को केन्द्र रहफ सम्म जोडन अझै १६ किलोमीटर सडक ट्र्याक खोल्न बाँकी रहेको पालिकाले जनाएको छ ।

सो ठाँउमा पनि असार महिना सम्म सड्क सञ्जाल जोडिसक्ने अपेक्षा गरिएको अध्यक्ष शमाले बताए । आफु निर्वाचति भएदेखि निरन्तर विकास निर्माणका पक्षमा लागिरहेको भन्दै अध्यक्ष शर्माले पाँच बर्षको अथक प्रयासले सफलता मिलेको बताए ।

भुलुमा सड्क पुग्नुलाई आफुले आफ्नो कार्यकालको सबैभन्दा ठुलो दिनको रुपमा स्मरण गर्ने उल्लेख गरे ।

अझैपनि पालिकाका हरेक विकास निर्माण लगायत अन्य क्षेत्रको विकासका लागि लागिरहेको भन्दै उनले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।