मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरपालिका द्वारा सिमा नाका र बजार क्षेत्रमा सिसी क्यामेरा जडान

पञ्चदेवल नगरपालिका द्वारा सिमा नाका र बजार क्षेत्रमा सिसी क्यामेरा जडान


अछामको पुर्वी क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाले विभिन्न किसिमका जानकारी लिन सुदूरपश्चिम र कर्णाली प्रदेशको सिमानाका संगै विनायक बजार क्षेत्रको विभिन्न ठाउँमा क्यामेरा जडान गरिएको हाे ।

बजार क्षेत्र, सिमा नाका तथा सडक छेउछाउमा भइरहने हरेक गतिविधि प्रत्यक्ष अवलोकन हुने गरि क्यामेरा जडान गरिएको पञ्चदेवल विनायक नगरपालिका सुचना प्रविधि अधिकृत ललित बुढाले जानकारी दिए ।

चालु अार्थिक बर्ष २०७८/७९ काे बजेट अन्तर्गत ४ लाख लागतमा नगरपालिकाले सिसी टिभी खरिद गरि प्रदेश नाका बेलखेत,विनायक बजारको पञ्चदेवल अासपास लगायतका ठाउँमा गतिविधि हेरफेरका लागि जडान गरिएकाे सुचना अधिकृत बुढाले बताए ।

उनले भने, “हरेक गतिविधि जानकारी लिन इलाका प्रहरी कार्यालय विनायक बाट हेर्न मिल्ने व्यवस्था मिलाइएको छ”
बेलखेत नाकाकाे सिसी क्यामेरा बाट देखिने क्रियाकलाप पनि विनायक बाट हेर्न सकिने प्रवन्ध मिलाइने उनले बताए ।
त्यसका लागि इन्टरनेट अावश्यक रहेकाले त्यसको व्यावस्थापनका लागि नगरपालिका लागिरहेको र हरेक गतिविधि माथि इलाका प्रहरीले निग्रानी राख्ने नगरपालिकाले जनाएको छ ।