मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पन्चदेवल विनायकमा निर्वाचन कार्यालय स्थापना

पन्चदेवल विनायकमा निर्वाचन कार्यालय स्थापना


अछाम : जिल्लाको पन्चदेवल विनायक नगरपालिकामा निर्वाचन कार्यालय स्थापना गरिएको छ । स्थानीय तह निर्वाचन २०७९ का लागि पालिकामा कार्यालय स्थापना गरिएको हो ।

कार्यालय स्थापना सङ्गै निर्वाचनका कामहरू अगाडि बढेको निर्वाचन अधिकृत लक्ष्मी प्रसाद बास्कोटाले जानकारी दिए । उनका अनुसार बिहीबार नै निर्वाचनका लागि कर्मचारी नियुक्ति समेत गरिएको ।

निर्वाचनका विषयमा छलफल गर्न शुक्रवार पालिका स्थित सबै राजनैतिक दल र सरोकारवालाको बैठक बोलाइएको निर्वाचन अधिकृत बास्कोटाले जानकारी दिए ।

यो सङ्गै जिल्लाको दश वटै पालिकामा बिहीबार निर्वाचन कार्यालय स्थापना हुदैछन ।