मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानिय निर्वाचनमा सवारी साधन आवश्यक हुने सरोकारवालाले पास लिनुपर्ने

स्थानिय निर्वाचनमा सवारी साधन आवश्यक हुने सरोकारवालाले पास लिनुपर्ने


अछाम : आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचन २०७९ मा सवारी साधन आवश्यक पर्ने सरोकारवालाले पास लिनुपर्ने भएको छ । निर्वाचनमा सवारी साधन आवश्यक पर्ने सरोकारवालाले बैशाख २८ गते भित्र जिल्ला प्रशासन कार्यालय अछामबाट पास लिईसक्नुपर्ने प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासैनीले बताए ।

उम्मेद्धार वा उम्मेद्धारका प्रतिनिधीको हकमा सम्बन्धीत पालिकाका निर्वाचन अधिकृतले सिफारिष गरे अनुसार प्रमुख जिल्ला अधिकारीले सवारी साधन चलाउने सिफारिष प्रदान गर्नेछन् । पत्रकारको हकमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले सिफारिष गरे बमोजिमका व्यक्तीलाई सवारी सधान संचालनको पास प्रदान गरिनेछ ।

संवैधानिक निकायका प्रादेशिक एवंम जिल्ला स्थित कार्यालयहरुको लागि प्रदेश तथा जिल्ला निर्वाचन अधिकारीको सिफारिषमा सवारी पास प्रदान गरिनेछ । निर्वाचन कार्यालय, पर्यवेक्षक मानव अधिकारकर्मीहरुका लागि जिल्ला निर्वाचन अधिकारीको सिफारिषमा प्मुख जिल्ला अधिकारीले सवारी साधनका लागि पास जारी गर्नेछन् ।

शारीरिक अपाङ्गता, अशक्त, ७५ बर्ष भन्दा माथिका बृद्ध व्यक्तिहरूलाई पनि मतदान केन्द्रसम्म पुग्न सवारीको प्रयोग गर्न पाउने गरी मापदण्ड तय गरेको छ। सम्बन्धित पालिकाका निर्वाचन अधिकृतले सवारी पास दिनेछन् । जसमा सम्बन्धीत वडा क्षेत्रभित्र मतदान गर्ने प्रयोनजका लागि सहयोग गर्ने १ जना परिवारको सदस्य समेतलाई पास दिईने प्रमुख जिल्ला अधिकारी मरासैनीले बताए ।

मतदानका दिन दैनिक उपभोगका वस्तु बोक्ने तथा अत्यावश्यक सवारी साधनको लागि अनुमति लिनु नपर्ने निर्वाचन आयोगले जनाएको छ।