मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बान्नीगढी जयगढ गाँउपालिकाका अध्यक्ष साँउदद्धारा पदभार ग्रहण

बान्नीगढी जयगढ गाँउपालिकाका अध्यक्ष साँउदद्धारा पदभार ग्रहण


अछाम : जिल्लाको बान्नीगढी जयगढ गाँउपालिकाका नवनिर्वाचित अध्यक्ष टेक बहादुर साँउदले पदभार ग्रहण गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेपश्चात उनले आजै पदभार ग्रहण गरेका हुन् ।

उनलाई यसअघिका अध्यक्ष राजेन्द्र खड्काले अध्यक्षको जिम्मेवारी हस्तान्त्ररण गरे । यस्तै नव निर्वाचित अध्यक्ष टेक बहादुर साँउदले गाँउपालिका उपाध्यक्ष बिन्दु रावल सहित सबै वडाध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ समेत गराएका छन् ।

पदभार ग्रहण तथा सपथ ग्रहण कार्यक्रममा पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत झनक रेग्मी, लेखा अधिकृत नारद खनाल लगायतको सहभागिता रहेको थियो । अध्यक्ष साँउदले पदभार ग्रहण गरेपनि पहिलो निर्णय भने केही नगरेको सुदूरआजलाई बताए ।