मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवनिर्वाचित नगरप्रमुखको पहिलो निर्णय : निशुल्क स्वास्थ्य बिमा र नगरका २ ठाँउमा हेलिप्याड

नवनिर्वाचित नगरप्रमुखको पहिलो निर्णय : निशुल्क स्वास्थ्य बिमा र नगरका २ ठाँउमा हेलिप्याड


एक कार्यक्रमका बिच पदभार ग्रहण”

अछाम : जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख पदम बहादुर बोहराले पदभार ग्रहण गरेका छन् । नगर कार्यपालिकाको कार्यालय मंगलसैनमा उनले एक कार्यक्रमका बिच पदभार ग्रहण गरे ।

पदभार ग्रहण गर्दै नगर प्रमुख बोहराले जनताको चाहना अनुसार काम गर्दै अघि बढ्ने बताएका छन् । नवनिर्वाचित नगर प्रमुख बोहराले स्वास्थ्यलाई प्राथमिक्तामा राख्दै पहिलो दिनका निर्णयहरु समेत सार्वजनिक गरेका छन् ।

टोलटोलमा निशुल्क स्वास्थ्य बिमा, गर्ववती र सुत्केरीका लागि नगरका दुर्गम २ ठाँउमा हेलिप्याड, नगरस्तरिय शवबहानको व्यावस्था, कृषकलाई आत्मनिर्भर बनाउन कृषी तथा पशु बिमामा ७५ प्रतिशत छुट र जोखिममा रहेका बालबालिकाको संरक्षणका लागि बाल संरक्षण कोषको स्थापना गर्ने निर्णय उनले गरेका छन् ।

उनले नगरको आर्थिक र सामाजिक क्षेत्रको उत्थान र प्रर्बद्धनको लागि स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरी टोलबस्तीका सबै नगरबासी सम्म पहुँच निर्णय गरेका छन् । स्वास्थ्यमा कम्जोर अवस्थाको पहिचान भएका मुटु रोगी, क्यान्सर पिडित, मृगौला रोगी लगायत गम्भिर प्रकृतीका दिर्घ रोगीको सरकारले गर्ने बाहेकका सो बिरामीको नगरबाट निशुल्क स्वास्थ्य बिमा गर्ने नगर प्रमुख बोहराले बताए ।

नगर प्रमुख बोहराले जोखिम अवस्थामा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुबिधा सम्पन्न अस्पतालमा पुर्याउनु उद्देश्यका साथ जिल्ला अस्पतालबाट टाढा रहेका र यातायातको समेत पुहँच नभएका नगरको वडा नंं. १३ बस्ती र १२ को छापडाँडामा हेलीप्याड निर्माण गर्ने निर्णय समेत गरेका छन् ।

कृषी तथा पशु क्षेत्रलाई प्रर्बद्धन गरी कृषकहरुलाई आत्मनिर्भर बनाउने निर्णय समेत उनले गरेका छन् । जसका लागि २ रोपनी भन्दा बढी जमिनमा तरकारी खेती र ५ रोपनी भन्दा बढी जग्गामा अन्नबाली लगाउने र व्यावसायिक रुपमा पशुपालन गर्ने कृषक कृषी बिमा तथा पशु बिमामा लाग्ने रकमको ७५ प्रतिशत रकम नगरले व्यहोर्ने र सबै कृषकलाई बिमामा आवद्ध गराउने निर्णय गरेका छन् ।

यस्तै नगर स्तरमा शवबहान संचालनको व्यावस्था गर्ने, जोखिममा रहेका बालबालिकाहरुको लागि संरक्षणको लागि पालिका स्तरमा बाल संरक्षण कोषको स्थापना गर्ने निर्णय समेत उनले गरेका छन् । नगर प्रमुख बोहराले यसअघि उपप्रमुख सहित १४ वटै वडाका वडाध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण समेत गराएका थिए ।