मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु

मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु

सुदूर आज

अछाम : जिल्लामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । भने २४ जना घाइते भएका छन् ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नगरपालिकाको वडा नम्बर १ कुईकाका अमरनाथ धमालाको घटनास्थलमै मृत्यु भएको हो ।

ट्र्याक्टरको हाइड्रोलिक लिक भएर ट्रली पल्टिदा ट्र्याक्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागी मंगलसैन ल्याइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।