मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अहिलेको पत्रकारीता पेष्टकारीतामा मात्रै सिमित भयो : बिनोद थापा

अहिलेको पत्रकारीता पेष्टकारीतामा मात्रै सिमित भयो : बिनोद थापा

सुदूर आज

अछाम । नेपाल पत्रकार महासंघको तत्कालिन डोटी अछाम शाखाका संस्थापक उपाध्यक्ष पूर्व पत्रकार बिनोद थापाले आफुले पत्रकारीता सुरु गर्दा निकै कठिन परिस्थती भएपनि समाज रुपान्त्ररण, विकास र सुशासनका लागि आफुले पत्रकारीता सुरु गरेको बताए ।

अछाम सदरमुकाम मंगलसैनमा पत्रकारहरुका लागि २ दिने क्षमता अभिबृद्धी कार्यक्रममा बोल्दै थापाले थुप्रै समस्याका बाबजुत अछाम जिल्लामा संघर्ष गरेर पत्रकारीता सुरु गरेको भन्दै जागरुक र चेतनाले भरिएको मान्छे बनाउन जनतालाई सुसचित गर्न पत्रकारीता सुरु गरेको स्मरण गरे ।

नेपाली कांग्रेस अछामका युवा नेता समेत रहेका पूर्व पत्रकार थापाले आफुले पत्रकारीता सुरु गर्दा एक्लै महासंघ नभई डोटी अछाम शाखा रहेको र पछि जिल्ला शाखा बनाउन सफल भईएको बताए । अहिलेको स्थिती हेर्दा पत्रकारीता नभई पेष्टकारीता मात्रै भएको उनले गुनासो गरे । एकले लेख्ने अर्कोले कपी पेष्ट गर्ने मात्रै गरेको उनले बताए ।

पत्रकारहरुले खोजमुलक, अनुसन्धानमुलक बन्नुपर्ने भन्दै उनले पत्रकारहरुलाई समाजका लागि धेरै किसिमका जिम्मेवारी बहन गर्न सक्नुपर्ने बताए । अहिले खुलेआम भ्रष्टचार लगायतका अन्याय अत्याचार भईरहेको बेला त्यस्ता कुरा मिडियामा आउन नसकेको बताए ।

आफुहरुले पत्रकारीता गर्दा अछाम जिल्लाको विकास निर्माण, सशुासन, समाज परिर्वतन र न्यायका पक्षमा काम गर्न सफल भएको बताए । पत्रकारहरु र मिडिया विकासको लागि जनप्रतिनिधीले पनि सहयोग गर्नुपर्नेमा जोड दिए ।