मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार भुई मान्छेको आवाज बन्न सक्नुपर्छ : तिमिल्सैना

पत्रकार भुई मान्छेको आवाज बन्न सक्नुपर्छ : तिमिल्सैना


अछाम । नेपाल पत्रकार महासंघ अछामका संस्थापक अध्यक्ष बेदप्रकाश तिमिल्सैनाले पत्रकार जुनसुकै बेला पनि व्यावसायिक बन्नुपर्नेमा जोड दिएका छन् । लोकतन्त्रमा फरक फरक आस्था भएपनि पत्रकारको कलम चल्दा व्यावसायिकता नडगमगाउनु पर्नेमा उनको भनाई थियो ।

पछिल्लो समयमा पत्रकारहरुमा व्यावसायिकताको कमि देखिएको भन्दै तिमिल्सैनाले यस तर्फ पत्रकार, यसका संघसंगठन र महासंघ समेत जिम्मेबार हुनुपर्ने बताए । पत्रकारहरुले आफुले काम गर्ने क्षेत्रका जनता, मौलिक पन, भुईमान्छेको आवाज बोल्नु र लेख्नुपर्ने उल्लेख गरे ।

अछाम सदरमुकाम मंगलसैनमा पत्रकारहरुका लागि २ दिने क्षमता अभिबृद्धी कार्यक्रममा बोल्दै तिमिल्सैनले आफुहरुले थुप्रै समस्याका बाबजुत पनि अछाम जिल्लामा संघर्ष गरेर पत्रकारीता सुरु गरेको स्मरण गरे ।

नेपाली कांग्रेस अछामका युवा नेता महाधिबेशन प्रतिनिधी समेत रहेका तिमिल्सैनाले पत्रकारहरु ईमान्दार बन्नुपर्नेमा समेत जोड दिए । पत्रकारहरुले आम मान्छेको आवाज बन्न सक्नुपर्ने, आवज बिहिनको आवाज र खोजमुलक हुनुपर्ने बताए ।

अछाम जिल्लाको विकास निर्माण, सशुासन, समाज परिर्वतन र न्यायका पक्षमा अछामी संचार जगत तत्कालिन समयमा आफुहरु संगैका सहकर्मीहरुले ठुलो योग्दान दिएको बताए ।