मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दावी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दावी भुक्तानी


अछाम : जिल्लाको मंगलसेन नगरपालिका वडा न ७ मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।

कम्पनीले घरमै गई मृतकका परिवारलाई बीमा दाबी वापत को जम्मा ५ लाख ५७ हजार ९ सय १७ मध्य असुल गर्नु पर्ने बिमा शुल्क रु १२,४२८ ब्याज सहित असुल गरि रु ५ लाख ४५ हजार ४ सय ८९ को चेक हस्तान्तरण गरेको छ ।

सो रकम मृतकको श्रीमान कमल प्रसाद जैसी लाई दिएको कम्पनीले जनाएको छ । उक्त रकम समाज सेवि पूर्व वडा सदस्य कान्त प्रसाद जैशीले मृतकका श्रीमान कमल प्रसाद जैशी लाई हस्तान्तरण गरेका हुन् । उप शाखा कार्यालय मंगलसेन अछाममा २०७६ साल चैत्र १९ गते बिमित धनसरा जैशी ले २लाख ६० हजार रुपैयाँको सुरक्षित जिवन बीमा गरेकी थिईन् ।

उनले वार्षिक प्रिमियमको पहिलो र दोस्रो किस्ता वापत रु २४ हजार ६ सय ४६ रुपैयाँ भुक्तानी गरेकी थिईन् । बिमित धनसरा जैशीको २०७८ चैत्र १९ गते दशैको लागि घर पोत्ने माटो ल्याउने क्रममा डिस्कोले च्यापेर मृत्यु भएको थियो ।

चेक हस्तान्तरण कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मंगलसेन उपशाखा प्रमुख बिक्रम बहादुर पाल, कम्पनीका कर्मचारी सनत न्यौपाने, अभिकर्ता नौरत कुमारी संज्याल जैशी लगायत मृतकका आफन्तको उपस्थिति रहेको थियो ।