मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीमै मेरुदण्डको शल्यक्रिया हुदाँ सुपबासीलाई सहज

धनगढीमै मेरुदण्डको शल्यक्रिया हुदाँ सुपबासीलाई सहज


“अर्थोपेडिक सर्जनद्धय डाक्टर श्रीराम खाती र डाक्टर ओमकार बिष्ट

अछाम । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा मेरुदण्डको सफल शल्यक्रिया हुन थालेको छ । आजभन्दा एक बर्ष अघि प्रदेशको राजधानी धनगढीमा रहेको निर्सग अस्पतालले मेरुदण्डको शल्यक्रिया सुरु गरेको थियो ।

प्रदेशमै पहिलो पटक एकबर्ष पहिले निर्सगमा मेरुदण्डको सफल शल्यक्रिया भएको थियो । अहिले त्यो सेवा सेती प्रादेशिक अस्पताल सहित धनगढीका अन्य केही अस्पतालमा समेत शल्यक्रिया हुन थालेको छ ।

धनगढीमै मेरुदण्डको सफल शल्यक्रिया हुन थालेपछि यस प्रदेशका जनतालाई सहज भएको छ । पहिले यो सेवा नुहदाँ नेपालगंज काठमाण्डौँ लगायतका अन्य शहरमा जानुपर्ने बाध्यता थियो ।

भिरपाखाका काम गर्दा रुख बिरुवा काट्दा लडेर यस क्षेत्रका थुप्रै नागरिकले मेरुदण्ड गुमाउनु परिरहेको बेला आफ्नै प्रदेशमा उपचार पाँउदा केही सहजका साथै उपचार खर्च समेत कम लाग्ने गरेको छ ।

सुदूर पहाडका नागरिकलाई सेवा लिन जाँदा उपचार खर्च पनि बढी लाग्ने र समय पनि बढी लाग्ने भएका कारण सास्ती भोग्नु परिरहेको थियो । एक त समयमा उपचारका लागि पालो नपाईने पालो पाए पनि खर्च बढी लाग्ने गरेको थियो ।

हाल त्यस्तो समयमा बाट यस क्षेत्रका नागरिकले सहजता पाएको निर्सग अस्पतालका अर्थोपेडिक सर्जन डाक्टर ओमकार बिष्टले बताए । हामीले सर्भसुलभ दरमा यस प्रदेशका नागरिकलाई मेरुण्डका साथै अन्य अर्थोपेडिक सेवा दिईरहेका छौँ उनले भने ।

गर्धन देखी कम्मर सम्मको हड्डी भाँचिएका बिरामीहरूको सफल शल्यक्रिया आफ्नो टिमले दिईरहेको डाक्टर बिष्टले बताए । मेरुदण्ड मानव शरिरको महत्वपूर्ण अंग भएकाले पनि यसको बिशेष ख्याल राख्नुपर्ने उनको भनाई छ ।

केही बर्ष पहिला सम्म मेरूदण्डको हड्डी भाँचिएका बिरामीहरू नेपालगन्ज, काठमाडौं या भारततिर जानुपर्ने बाध्यता थियो डाक्टर बिष्टले भने पछिल्लो एक बर्षदेखि नियमित रूपमा गरेर सेवा दिन पाउंदा हामी एकदमै खुशी छौं ।

मेरुदण्डको हड्डी भाँचिएका बिरामीलाई टाढासम्म पुर्याउंदा झन जटिलता बढेर निको हुनसक्ने बिरामीहरूमा समेत प्यारालाइसिस् हुने सम्भावना बढी उनको भनाई छ ।

बिरामीले एकपल्ट शल्यक्रिया भैसकेपछि समय समयमा चेकजाँच गराउने पर्ने हुन्छ त्यस्तो बेला टाढा जानुपर्दा झन जटिल हुने सम्भावना हुन्थ्यो अब सुदूरपश्चिममै त्यसको उपचार हुदाँ यस क्षेत्रका नागरिकलाई सहजता मिलेको अर्का अर्थोपेडिक सर्जन डाक्टर श्रीराम खातीले बताए ।

निर्सज अस्पतालमा एक बर्षको अवधिमा ५० बढी मेरुदण्डको सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ । यसको शल्यक्रियको खर्च बिरामीको प्रकृती हेरेर १ लाख ५० हजार देखि २ लाख ५० हजार सम्म लाग्ने गरेको अस्पताल श्रोतले बताएको छ ।

निर्सग अस्पतालमा मरेदण्डको शल्यक्रिया न्युरोसर्जन डाक्टर सुरेश सापकोटा, अर्थोपेडिक सर्जनद्धय डाक्टर श्रीराम खाती र डाक्टर ओमकार बिष्ट, एनेस्थेसियोलोजिष्टद्धय डाक्टर हेमन्त ओझा र डाक्टर सुनिल भटृ सम्मिलित टीमले सेवा प्रदान गरिरहेको छ ।