मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल निजामती कर्मचारी संगठन मंगलसेनको प्रथम अधिबेशन सम्पन्न

नेपाल निजामती कर्मचारी संगठन मंगलसेनको प्रथम अधिबेशन सम्पन्न

सुदूर आज

अछाम : नेपाल निजामती कर्मचारी संगठन मंगलसेन नगर समितिको प्रथम अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । संगठनका जिल्ला अध्यक्ष बिष्णु प्रसाद जैसीको अध्यक्षतामा भएको भेलाले बालकृष्ण ढुंगानाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ ।

जसको उपाध्यक्ष पानसरा रावल, सचिव कैलाश साउद, कोषाध्यक्ष शिवराज ढुंगाना लगाएतका सदस्य रहेका छन । त्यसैगरी
हिरिण्ड बहादुर बोगटीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

एमाले अछामका अध्यक्ष चन्द्र बोहरा प्रमुख अतिथि रहनु भएको उदघाटन कार्यक्रममा जिल्ला सचिव भिम बहादुर रावल, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य मन्जु महत र जिल्ला सल्लाहकार संयोजक खकेन्द्र बहादुर सोडारी बिशिस्ट अतिथि रहेका थिए ।

कार्यक्रम वडा नम्बर ८ का अध्यक्ष ज्ञानेन्द्र बोहरा, प्रेस चौतारी अछामका अध्यक्ष टेक बहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन नेपाल निजामती कर्मचारी संगठन अछामका सचिव झनक अधिकारीले गरेका थिए ।