मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाख्रापालन सम्बन्धि ३ दिने तालिम ताेलिमा शुरु

बाख्रापालन सम्बन्धि ३ दिने तालिम ताेलिमा शुरु

सुदूर आज

अछाम : बाख्रापालन सम्बन्धि तीन दिने तालिम जिल्लाको पंचदेवल विनायक नगरपालिका वडा नम्बर ६ ताेलिमा सुरु भएकाे छ।

नगरपालिकाको पशु सेवा शाखा बिनायककाे आयोजनामा उक्त तालिम शुरु भएकाे हो। तालिममा बाख्रापालन गर्ने चाहाने र बाख्रापालन गरिरहेका कृषक छनाेट गरि तालिम दिन शुरु गरिएकाे हाे।

बाख्रापालन सम्बन्धि तालिममा कृषकलाई बाख्रापालनकाे महत्त्व बाख्राका जातहरु ,खाेर बनाउने तरिका ,बाख्राकाे प्रजनन् व्यावस्थापन ,बाख्राकाे आहारा व्यावस्थापन ,बाख्राकाे स्वास्थ व्यावस्थापन सम्बन्धि कृषकलाई तालिम दिईने छ।

तीन दिन सम्म चल्ने उक्त तालिममा प्रशिक्षकका रुपमा पशु सेवा शाखा बिनायकमा कार्यरत ना प्रा स हरिचन्द बोगटी र पशु प्रबिधिक सुशील बटालाले बाख्रापालन सम्बन्धि तालिम दिईरहेका छन् ।

तालिमकाे उद्घाटन कार्यक्रमका अध्यक्ष वडा अध्यक्ष कमल रावल रहेका थिए। वडा सदस्य सम्पति बि क लगायतको सहभागिता रहेको उद्घाटन कार्यक्रमकाे सञ्चालन पशु प्रबिधिक सुशिल बटालाले गरेका थिए।