मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अध्यक्ष, उपाध्यक्ष सहित पालिकाका कर्मचारीले गरे जयगढ बजार सरसफाई

अध्यक्ष, उपाध्यक्ष सहित पालिकाका कर्मचारीले गरे जयगढ बजार सरसफाई

सुदूर आज

अछाम । जिल्लाको बान्नीगढी जयगढ गाँउपालिका अन्र्तगतको जयगढ बजारमा आज सरसफाई गरिएको छ । गाँउपालिकाका अध्यक्ष टेक बहादुर साँउदको सक्रियता तथा नेतृत्वमा बजार सरसफाई गरिएको हो ।

गाँउपालिकाका अध्यक्ष टेक बहादुर साँउद, उपाध्यक्ष बिन्दु रावल, निमित्त प्रमुख प्रशासकिय अधिकृत झनक रेग्मी, लेखा अधिकृत नारद खनाल लगायतका सबै कर्मचारीहरुले बजार सरसफार्य गरेका छन् ।

बजारमा फोहोर थुप्रिए पछि सरफाई गरिएको अध्यक्ष साँउदले बताए । बजार संगं प्रशासकिय कार्यालय लगायतको क्षेत्र वरिपरी सरसफाई गरिएको उनले बताए । आफ्नो क्षेत्रलाई सफा सुगर राख्न सबै सचेत नागरिक जिम्मेवार बन्नुपर्ने अध्यक्ष साँउदको भनाई छ ।

आगामी दिनमा पालिकाले सरसफाईलाई बिषेश महत्व दिएर यसको दिर्घकालिन व्यावस्थापन तर्फ जोड दिने अध्यक्ष साँउदको भनाई छ । बान्नीगढी जयगढ गाउँपालिकाको आयोजनामा जयगढ बजार सरसफाईमा ब्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी लगायत बजार बासिहरुको उपस्थिति रहेको थियो