मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफे एयरपोर्ट बजार ब्यवस्थापन समितिको अध्यक्षमा रामबहादुर कुँवर

साँफे एयरपोर्ट बजार ब्यवस्थापन समितिको अध्यक्षमा रामबहादुर कुँवर

सुदूर आज

अछाम । जिल्लाको प्रमुख ब्यापारिक केन्द्र रहेको साँफे एयरपोर्ट बजार ब्यवस्थापन समिति साँफेबगर अछाम पुनः गठन भएको छ ।

साँफेबगर नगरपालिका ४ न. वडा मस्टामाडौका वडा अध्यक्ष नवराज बुढाको अध्यक्षतामा बैठक बसी राम बहादुर कुँवरको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति गठन गरिएको हो ।

जसमा उपाध्यक्ष भक्त कुँवर , सचिव नवराज बुढा , कोषाध्यक्ष नन्दकला भण्डारी , सदस्य हिक्मत कुँवर लगायत अन्य सदस्यहरु रहेका छन ।

समितिले बजारमा नाली सरसफाइ, फोहर ब्यवस्थापन र खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताइएको छ ।