मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौरपाटी गाउपालिका : ४५ करोड ३७ लाख २५ हजार बराबरको बजेट प्रस्तुत (पूर्णपाठ)

चौरपाटी गाउपालिका : ४५ करोड ३७ लाख २५ हजार बराबरको बजेट प्रस्तुत (पूर्णपाठ)

सुदूर आज

कृषिलाई उच्च प्राथमिकता

अछाम : जिल्लाको चौरपाटी गाउँपालिकाको दोस्रो गाउँसभाको प्रथम अधिबेशनले बार्षिक बजेट, निति तथा कार्यक्रम पारित गरेको छ ।

आज बसेको गाउँ सभाले आर्थिक वर्ष २०७९ /०८० को बजेट, निति तथा कार्यक्रम पारित गरेको हो । सभाले आ।ब। २०७९/०८०को लागी ४५ करोड ३७ लाख २५ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाले प्रस्तुत गरेको निति तथा कार्यक्रममा कृषिलाई उच्च प्राथमिकतामा राखेको छ । त्यसैगरी शिक्षा, स्वाथ्य, खानेपानी तथा सरसफाई, पर्यटन बिकास, पुर्वाधार, बन तथा वातावरण, सुशासन तथा सस्थागत क्षमता अभिबृद्धि लगायतका बिषयलाई प्राथमिकतामा पारेको छ ।

निति तथा कार्यक्रममा रैथाने बालीहरु सरक्षण, फलेको कोदो, कुटेको धान कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरेको छ । न्युन पारिश्रमिकमा रहेका बिधालयका कर्मचारी,बाल बिकासका सहजकर्ताहरुलाई प्रोत्साहन बजेटको व्यवस्था गरेको छ । गाउँपालिकाले त्यसैगरी एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिएको छ ।

गाउँपालिकाले आ।ब। २०७९/०८० का लागी १२ करोड २४ लाख राजश्व संकलन गर्ने लक्ष्य समेत लिएको छ । गाउँपालिका अध्यक्ष भीमबहादुर साउँदको अध्यक्षतामा सम्पन्न भएको गाउँसभामा निति तथा कार्यक्रम र बार्षिक बजेट वडा नम्बर ५ का वडाअध्यक्ष हिमकर्ण खड्काले प्रस्तुत गरेका थिए ।

अहेले सम्म गाउसभा गर्ने स्थानिय तहरुमा चौरपाटि गाउपालिका अछामको पहिलो, सुदुरपश्चिमको दोस्रो र देशभरिको आठौ स्थानमा रहेको छ ।