मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बन्चरो हानेर श्रीमतीको हत्या पछि फरार श्रीमान पक्राउ

बन्चरो हानेर श्रीमतीको हत्या पछि फरार श्रीमान पक्राउ

सुदूर आज

अछाम: जिल्लामा बन्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका –७ पुल्लेतोलाकी ४५ वर्षीया मन्नु कामीको हत्या आरोपमा उनका लोग्ने पदम कामी समातिएका हुन्।

यही साउन ११ गतेको रात हत्या गरेर फरार भएका ५४ वर्षीय पदमलाई बुधबार प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी हत्या गरेर राति नै जंगलको बाटो भएर कालिकोट गएका थिए। त्यसपछि त्यहाँबाट जुम्ला, नेपालगञ्ज र कैलाली हुँदै महेन्द्रनगर पुगेका थिए। तर, प्रहरीले सबै जिल्लाका प्रहरीलाई उनी फरार रहेकोबारे सूचना पठाएको थियो। उनी भारततर्फ भाग्न महेन्द्रनगर पुगेको प्रहरीले बताएको छ।

महेन्द्रनगर पुगेका उनलाई कञ्चनपुर प्रहरीको सहयोगमा भीमदत्त नगरपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक ९डीएसपी० नारायण डाँगीका अनुसार मृतकका तर्फबाट लक्ष्मण कामीको जाहेरीले पदमलाई पक्राउ गरिएको हो।

उनलाई पक्राउ गरेर ज्यान सम्बन्धी कसुर{कर्तव्य ज्यान}मुद्दामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डीएसपी डाँगीले बताए।