मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरसभा बाट बजेट सार्वजानिक गर्ने तयारीमा छौँ : नगर प्रमुख चलाउने

नगरसभा बाट बजेट सार्वजानिक गर्ने तयारीमा छौँ : नगर प्रमुख चलाउने


अछाम: जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउनेले नगरसभाबाट केहि दिनमै बजेट सार्वजानिक गर्ने बताएकी छन ।

नगरपालिकामा विभिन्न घटना प्रकरणका कारण ढिलाई हुन पुगेको नगरसभा अब केहि दिन भित्रै सञ्चालन गरि नगरपालिकाको बजेट सार्वजानिक गर्ने तयारी भएको उनले बताईन ।

नगरपालिका वडा नम्बर ४ कालिकास्थानका १५ वर्षीय किशोर विनोद शाहीको मृत्यु प्रकरणमा न्यायको माग गर्दै करिब एक महिना जती नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।

बजेटको विषयमा कुनै विवाद नभए पनि पन्चदेवल विनायक घट्नाका कारण बजेट निर्माण ढिलाई भएको उनको भनाई छ ।
भर्खरै सम्पन्न भएको स्थानीय तहको चुनावमा पराजय भोगेका प्रतिपक्ष दलहरुले किशोर मृत्यु प्रकरणलाई राजनितिक मुद्धा बनाई नगरपालिकाको कामकाज समेत ठप्प राखेका थिए ।

सोही घटनाका कारण नगरपालिकाको आर्थिक बर्ष २०७८\०७९ को करिब ५० प्रतिशत बजेट फ्रिज गएको छ । उक्त घट्नाका विषयमा आन्दोलनरत पक्षसँगै केही सम्झौता भएपछि अब वजेट निर्माणको प्रक्रिया अघि बढेको मेयर चलाउनेले बताईन ।

बजेट निमा{ण पक्रियाको लागि सम्पूण{ विषयगत शाखाले तयारी गरिहरहेको समेत नगरपालिकाले जानकारी दिएको छ ।

अन्तरसरकारी वित्त ऐन ०७४ अनुसार संघीय सरकारले १५ जेठ र स्थानीय तहहरूले १० असारभित्रै बजेट प्रस्तुत गरिसक्नु पर्छ । ऐनअनुसार अछामका १० स्थानीय तहमध्ये नौ वटाले वजेट सार्वजनिक गरे पनी पञ्चदेवल नगरपालिकाको नगरसभा समेत हुन सकेको छैन् ।