मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तोलीबाट कृषि क्रान्ती सुरु गर्छुँ : वडा अध्यक्ष रावल

तोलीबाट कृषि क्रान्ती सुरु गर्छुँ : वडा अध्यक्ष रावल


अछाम: जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ६ तोलीका वडा अध्यक्ष कमल रावलले कृषि क्षेत्रलाई प्राथामिकता दिएका छन ।

कृषि क्षेत्रको आधुनिकिकरण सरकारको निति तथा कार्यक्रम, पार्टीका घोषणापत्र र नेताका भाषणमा सिमित रहेका बेला अध्यक्ष रावलले कृषि क्रान्तीको संकेत देखाएका छन ।


आफु वडामा निार्वाचित भएदेखि हाल सम्म विभिन्न संघ संस्थाहरुको सहयोगमा करिब २ सय जना कृषकहरुलाई कृषि सामाग्रीका साथै विभिन्न विउ विजन र बोट विरुवा तिरण गरेको बताए ।

बुधबार पनि विभिन्न समुहमा रहेका कृषकहरुलाई पलाष्टिक टनेल बितरण गरेको रावलको भनाई छ ।
सामाजिक सेवा केन्द्र सोसेक नेपाल र वाक नेपालको सहयोगमा विपन्न परिवारका लागी कृषि सामाग्री हस्तारण गर्ने कार्यक्रलाई निरन्तरता दिईने अध्यक्ष रावलले बताए ।

कमल रावल २०७९ सालको स्थानीय तह अन्र्तगत नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन ।

ठुलो संख्यामा युवाहरु कामको खोजीमा बिदेशिएका छन्, धेरै परिवारहरु बसाईसराई गरेका छन्, अधिकांश आकासको भरमा रोपाई हुने जमिनहरु बाँझिने क्रममा छन् । देशको करीब दुई तिहाई जनसंख्याको जिबिकोपार्जनसँग जोडीएको कृषि क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसक्दा पछाडी परिराखेको छ ।