मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घटनास्थलमै पाँच जनाको ज्यान गयो : दार्चुला जिप दुर्घटना

घटनास्थलमै पाँच जनाको ज्यान गयो : दार्चुला जिप दुर्घटना


दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

घटनास्थलमै पाँच जनाको ज्यान गयो दार्चुला जिप दुर्घटना

गोकुलेश्वरबाट सदरमुकाम खलङ्गा जाँदै गरेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका ६ उल्लानीमा दुर्घटना भएको हो । मृतकमध्ये चार जना पुरुष र एक जना महिला रहेका छन् । उनीहरूको परिचय खुलेको छैन । घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको शैल्य शिखर नगरपालिकाका मेयर विजयसिंह धामीले जानकारी दिए ।

जीप सडकबाट धेरै तल खसेको र कति जना मान्छे चढेका थिए भन्ने थाहा हुन नसकेको मेयर सिंहले बताए । गम्भीर घाइते भेटिएमा उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको पनि उनले बताए ।