मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला प्रशासन कार्यालय अछाम जनताको घरदैलो मै सेवा दिदै

जिल्ला प्रशासन कार्यालय अछाम जनताको घरदैलो मै सेवा दिदै


अछाम: जिल्ला प्रशासन कार्यालय अछामले जनताको घर दैलो मै पुगेर सेवा दिरहेको छ | दोस्रो चरणको घर दैलोमै नागरिकता सेवा अभियान सुरु गरेको ।

प्रशासनले बुधबारबाट दोस्रो चरणमा मेल्लेख गाउँपालिकामा घर दैलोमै नागरिकता दिन थालेको प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी मिनराज आचार्यको नेतिर्त्वमा गएको टोलीले १ सय ५० बढीलाई नागरिकता दिएको प्रजिअ मरासेनीले बताए ।

यश अघि जिल्ला प्रशासन कार्यालय अछामले पहिलो चरणमा जिल्लाका ४ स्थानिय तहका २ हजार २ सय ८८ नागरिकलाई नेपाली नागरिकता तथा प्रतिलीपी दिएको थियो ।

पहिलो चरणमा चौरपाटी गाउँपालीकामा ५ सय ७९ नागरिता ३ सय १९ मतदाता परिचय पत्र, ढकारी गाउँपालीकामा ६ सय १ नागरिकता ३७ नागरिकता प्रतिलीपी,३ सय ६३ मतदाता परिचय पत्र,तुर्माखाद गाउँपालीकामा ६ सय ७५ नागरिकता ६ नागरिकता प्रतिलीपी र २ सय २२ मतदाता परिचय पत्र र कमलबजार नगरपालीकमा ४ सय ३३ नागरिकता र ३सय ७ मतदाता परिचय पत्र बितरण गरिएको प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीले बताए।

आर्थीक अवस्था कम्जोर भएका नागरिकलाई नागरिकता बनाउनकै कारण आर्थीक समस्या नहोस भनेर घर घरमै सेवा दिनुपर्छ भन्ने उदेश्यले नागरिकता बनाउने काम गरिएको प्रमुख जिल्ला अधिकारी मरासेनीले बताए ।

नागरिक्तारै लागि दुर्गमका नागरिकको ३ देखि ४ हजार बढी पैसा खर्च हुने गरेको छ । घर दैलो मै सेवा सुरु भएपछि जनताले राहात महसुस गरेका छन |