मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृ’त्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृ’त्यु


काठमाण्डौ: दार्चुला र सुनसरीमा भएको सवारी दुर्घटनामा परी सात जनाको मृ’त्यु भएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा बुधबार से.१ ज ५५१ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृ’त्यु भएको छ ।

मृत्यु हुनेमा बझाङ कफलसेरी गाउँपालिका–६ बस्ने ५५ वर्षीया चन्का देवी बोहरा सहित छन् । मृ’त्यु हुनेहरूमा ४ जना पुरुष र एक जना महिला रहेका छन् ।

दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ८ जनालाई उपचारको लागि गोकुलेश्वर अस्पताल दार्चुला पठाएकोमा १ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । उपचाररतमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–८ कोशीस्थित सडकमा को।२ च १६६७ नम्बरको पिकअप र प्रदेश–१–०२–०४८ प ४८३१ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु भएको छ ।

बुधबार साँझ भएको उक्त दुर्घटनामा मृ’त्यु हुनेमा मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका–११ बस्ने ३१ वर्षीय सुरज दाहाल छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सुनसरी, दुहबी नगरपालिका–२ स्थित सडकमा स।४ प ११८९ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुने मोटरसाइकल चालकको हाल पहिचान खुल्न सकेको छैन । दुर्घटनामा गम्भीर घाइते भएका उनको दुहबी जिवन ज्योती अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।