मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीमा बलात्कारको आरोप लागेका क्याम्पस प्रमुख कारागार चलान

बैतडीमा बलात्कारको आरोप लागेका क्याम्पस प्रमुख कारागार चलान

सुदूर आज

काठमाण्डौ: बैतडीमा बलात्कारको आरोप लागेका निवर्तमान क्याम्पस प्रमुख कारागार चलान भएका छन्।

पुर्चौडी बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख राजेन्द्र नेगीलाई जिल्ला अदालत बैतडीले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार बलात्कारको आरोपमा साउन १ गते पक्राउ परेका निवर्तमान क्याम्पस प्रमुख नेगीलाई जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।