मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयलपाटा अस्पतालका लागी एक करोड विनियोजन गरेको छुँ : मेयर कुँवर

बयलपाटा अस्पतालका लागी एक करोड विनियोजन गरेको छुँ : मेयर कुँवर


अछामको बयलपाटा अस्पताल आर्थिक संकटमा

अछाम :न्याय हेल्थ नेपालद्धारा सञ्चालीत अछामको बयलपाटा अस्पताललाई आर्थिक संकट परेको छ । विभिन्न दातृ निकायबाट आउने वजेट कोरोना महामारी पछि कटौती हुन थालेपछि सुदूर तथा मध्य पहाडका सर्वसाधारण नागरिकको देवताका रुपमा चिनिएको बयलपाटा अस्पतालमा आर्थिक संकट थपिएको हो ।

साँफेवगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले बयलपाटा अस्पताल आर्थिक संकटमा परेको बताएका छन् ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिकको सहज सेवा र निशुल्क उपचार गर्ने अछामको बयलपाटा अस्पतालमा पछिल्लो एक बर्ष यता आर्थिक अभावले सेवा प्रवाहमा समस्या थपिएको बताएका हुन् ।

पत्रकारसंग कुराकानी गर्दै मेयर कुवंरले यही आर्थिक बर्षमा नगरका अन्य विकासे बजेटको कटौती गरेर एक करोड बजेट बयलपाटा अस्पतालका लागी विनियोजन गरेको जानकारी दिए ।

अस्पतालको विषयमा केहि दिन अघि मात्रै प्रदेशका विभिन्न विभागीय मन्त्री तथा अछाम,बाजुरा,डोटीका केही पालिकाका मेयर,अध्यक्ष,राजनितीक दल लगायत संग छलफल गरेर आफ्नो संयोजकत्वमा सरोकार समिती गठन गरेको उनको भनाई छ् ।

आफूलाई दिएको जिम्मेवारी पुरा गर्न यतीखेर संघीय मन्त्रालयमा धाईरहेको छुँ,उनले भने,‘भर्खरै मात्रै नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा संग भेटेर बयलपाटा अस्पतालको बिषयमा कुराकानी गरेको छुँ’। प्रधानमन्त्रीले पनि उक्त अस्पतालको बिषयमा चाँसो राखेर आश्वासन दिएको मेयर कुँवरले बताए ।


न्याय हेल्थ नेपालबाट आउने बजेटले मात्रै नपुग्ने भएकाले सुदूरपश्चिम र कर्णाली प्रदेशका सर्वसाधारण नागरिकको स्वास्थ्य सेवाका लागी सबै निकाय संग पहल गरेको समेत उनले बताए ।