मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा जोखिम मोल्दै स्वास्थ्यकर्मी, कष्टपूर्ण यात्रा गरेर जनताको घरदैलोमा

अछाममा जोखिम मोल्दै स्वास्थ्यकर्मी, कष्टपूर्ण यात्रा गरेर जनताको घरदैलोमा


अछाम ः जिल्लाका केही दुर्गम स्थानका स्वास्थ्यकर्मीहरु ज्यान जोखिममा राखेर जनतालाई स्वास्थ्य सेवा दिइरहेका छन । जिल्लाका दुर्गम ठाँउमा सहज यातायातको पहुँच नहुदाँ जोखिम मोलेर भएपनि जनतालाई स्वास्थ्यकर्मीले सेवा प्रदान गरिरहेका छन् ।

गाउँघरमा नियमित खोप सञ्चालन गरिरहँदा होस् या अन्य कोरोना लगायतका खोप संचालन गर्न गाँउघरमा जाँदा स्वास्थ्यकर्मीले ठुलो दुख कष्ट भोग्नु परिरहेको छ । ठुला ठुला खहरे खोला र भिरपाखाको सामना गर्दै जोखिम मोलेर गाउँघर सम्म पुग्नु पर्ने बाध्यता स्वास्थ्यकर्मीलाई छ ।

जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारमा गाउँघर क्लिनिकद्धारा खोप दिन गएका स्वास्थ्यकर्मीहरु जोखिम मोलेर खोेला तरिरहेको तस्विर सार्वजानिक भएको छ । सुतार स्वास्थ्यचौकी बाट करिब ३ घण्टाको पैदल दुरी हिँडेर खोला तर्नु पर्ने बाध्यता रहेको रामारोशन गाउँपालिका स्वास्थ्य शाखा संयोजक प्रभुनाथ देवकोटाले जानकारी दिए । सो ठाँउमा खोला बर्षामा सधै जसो बढेर आउने भएपनि हालसम्म झोलुंगे पुल समेत बन्न सकेको छैन् ।

केहि दिन अघि खोप प्रदान गर्न गएका दुई जना स्वास्थकर्मीहरुको तस्विर सार्वजानिक भए पछि अहिले उक्त ठाउँमा स्थानीय बासीले केहि सहजताका लागी काठको पुल निर्माण गरिसकेको उनले बताए । यता जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले स्वास्थ्यकर्मीहरुले जोखिम मोलेर खोला पार गर्न लागेको तस्विर सामाजिक सञ्जालमा राख्दै सरकारको ध्यानार्कषण गराएका छन् ।

उनले तस्विर सार्वजानिक गर्दै लेखेका छन,स्वास्थ्यकर्मीले खोप तथा क्लिनिक संचालन गर्न कहिले सम्म यसरी जोखिममा जानू पर्ने हो ? स्थानिय सरकार, प्रदेश सरकार धेरै ठूलो बजेट पनि चाहिँदैन होला सानो झोलुंगे पुल बनाउन ।

जिल्लाका दुर्गम क्षेत्रमा बर्षाका बेला खोला नाला बढ्ने र पुल समेत नुहदाँ यात्रा गर्न कठिनाई भईरहेको छ । जिल्लाका भुलु रहफ, सुतार सिउडी सोकट लगायतका दुर्गम ठाँउमा सहज यातायातको व्यावस्था नुहदाँ स्वास्थ्यकर्मीले समेत जोखि मोलेर यात्रा गर्नुपरिरहेको छ ।

फोटो ः सुतारको खोला तर्दै स्वास्थ्यकर्मीहरु