मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिकाले ठुला ३ रोगका बिरामीलाई औषधी उपचारका लागि मासिक ५ हजार खर्च दिने

मंगलसेन नगरपालिकाले ठुला ३ रोगका बिरामीलाई औषधी उपचारका लागि मासिक ५ हजार खर्च दिने


अछाम ः जिल्लाको मंगलसैन नगरपालिकाले ३ ठुला रोगका बिरामीहरुको लागि उपचार खर्च उपलब्ध गराउने भएको छ ।
नगरपालिकाले मृगौला प्रत्यारोपण गरेका, डायलासिस गराई रहेका क्यान्सर रोगी र मेरुदण्डको पक्षघातका बिरामीहरुलाई औषधी उपचार वाफतको खर्च उपलब्ध गराउने भएको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मृगौला प्रत्यारोपण गरेका, डायलासिस गराई रहेका क्यान्सर रोगी र मेरुदण्डको पक्षघातका बिरामीहरुलाई उपचार खर्च रकम उपलब्ध गराउने कार्य बिधि अनुसार मासिक ५ हजारका दरले उपचार खर्च प्रदान गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले बताए ।

नगरपालिका भित्र रहेका त्यस्ता खालका बिरामीलाई भाद्र मसान्त भित्र आ आफ्नो वडा कार्यालयमा निबेदन पेश गर्न आव्हान गरिएको अधिकृत सोडारीले बताए ।

मृगौला प्रत्यारोपण गराएका, मृगौला डायलासिस गराईरहेका, क्यान्सर रोगको उपचार गराईरहेका, क्यान्सर निको भएर पनि हरेक ३ महिनामा निरन्तर चिकित्सकको निगरानी गराउनु पर्ने बिारमी र र मेरुदण्डको पक्षघात भएकाहरुले वडामा निबेदन पेश गर्न सक्ने उनले बताए ।

हेर्नुहोस् सुचना ।