मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लगातारको बर्षाले बारला ८ मा पहिरोका कारण बिस्थापित ३० घर परिवारलाई जिल्ला प्रशासनको राहत

लगातारको बर्षाले बारला ८ मा पहिरोका कारण बिस्थापित ३० घर परिवारलाई जिल्ला प्रशासनको राहत

सुदूर आज

अछाम ः अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. ८ को ओखतेगडामा पहिरो गएपछि ३० भन्दा बढी घरपरिवार बिस्थापित भएका छन् ।

लगातारको बर्षाका कारण सो ओखतेगडाका २ ठाँउमा पहिरो जाँदा ३० भन्दा बढी घरपरिवार बिस्थापित भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

गाँउका २ ठाँउमा पहिरोले ३० भन्दा बढी घरपरिवार बिस्थापित भएको प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीले बताए । उनका अनुसार ति बिस्तापित परिवालाई जिल्ला प्रशासन कार्यालय अछामले राहत सामाग्री सहयोग गरेको छ ।

प्रशासनले तत्कालका लागि उनिहरुलाई खाधय सामाग्री र आवासको व्यावस्था गरेको प्रजिअ मरासेनीले बताए । सो ठाँउमा पहिरो गएको थाह पाउन साथ आफ्नो नेतृत्वमा गएको टोलीले सामाग्री वितरण गरेको उनले बताए ।

नगरको तर्फबाट बिस्थापित परिवारको लागि दिर्घकालिन व्यवस्थापनका लागि पहल गरिने नगर प्रमुख अम्बिका चलाउनेले बताईन् । मंगवार ति बिस्थापित परिवारका लागि खाध्यान्न लगायतका अन्य समाग्री पञ्चदेवल बिनायक नगरपालिका र गैरसरकारी संस्थाको सहयोगमा वितरण गरिने नगर प्रमुख चलाउनेले बताईन् ।

नगर प्रमुख चलाउने सहित, सुरक्षा निकायका प्रमुख, स्थानिय जनप्रतिनिधि लगायतको उपस्थितिमा तत्कालको लागि आवास र खानाको राहत सामाग्री बितरण गरिएको छ ।