मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल क्याम्पस नेबिसंघद्धारा स्व. नेता गिरिको पुण्यतिथिमा दीप प्रज्वलन

पञ्चदेवल क्याम्पस नेबिसंघद्धारा स्व. नेता गिरिको पुण्यतिथिमा दीप प्रज्वलन


अछाम : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको १३ औँ पुण्यतिथिमा आज देशभर दीप प्रज्वलन गरेको छ ।

नेपाल विद्यार्थी सङ्घको केन्द्रिय कार्यसमितीले विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्ला कार्यसमिति, विश्वविद्यालय समन्वय समिति, क्याम्पस एकाइ समिति र मातहतका सबै समितिलाई परिपत्र गर्दै स्व नेताप्रति श्रद्धाञ्जली अर्पण गरी उहाँको योगदानको चर्चा, स्मरण र रचनात्मक कार्यक्रम तथा आज साँझ दीप प्रज्वलन गर्न निर्देशन दिएको थियो ।

जस अन्तर्गत अछाममा पनि स्वर्गीय प्रदीप गिरिको १३औँ पुण्यतिथिमा आज दीप प्रज्वलन गरिएको छ ।
नेबिसंघ पञ्चदेवल क्याम्पस इकाई कार्यसमिति द्धारा दीप प्रज्वलन गरिएको क्याम्पस एकाइ समिति सभापती सुशिल बटालाले जानकारी दिए ।

जिल्ला स्थित सम्पुर्ण नेपाली कांगे्रसका नेता तथा कार्यकर्ताको सहभागीतामा दीप प्रज्वलन गरि गिरिको १३ औँ पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गरी उहाँको योगदानको चर्चा, स्मरण गरिएको नेबिसंघका नेता तपेन्द्र बिष्टले जानकारी दिए ।