मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मावन बेचबिखन बिरुद्ध योग्दान पुराए बाफत रेडियो रामारोशनलाई सम्मान प्राप्त

मावन बेचबिखन बिरुद्ध योग्दान पुराए बाफत रेडियो रामारोशनलाई सम्मान प्राप्त


अछाम ः जिल्लाको अग्रणी सामुदायिक रेडियो रामारोशनले सम्मान प्राप्त गरेको छ । जिल्लाको पहिलो सामुदायिक रेडियो रामारोशनले मावन बेचबिखन बिरुद्ध योग्दान पुराए बाफत सम्मान प्राप्त गरेको हो ।

मानव बेचबिखन बिरुद्धको स्रोहौँ राष्टिय दिवसको अवसरमा देशभरीबाट एक मात्र रेडियोका रुपमा सामुदायिक रेडियो रामारोशनलाई सम्मान मिलेको रेडियोका अध्यक्ष बेद प्रकाश तिमिल्सैनाले बताए ।

तिनै तहका सरकार, मानव बेचबिखन बिरुद्धको सरोकार भन्ने मुल नाराका साथ नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले काठमाण्डौँमा आयोजना गरेको कार्यक्रममा रेडियोलाई सम्मान प्रदान गरिएको हो । रेडियो रामारोशनका संस्थापक अध्यक्ष बिनोद कुमार थापाले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा श्रेष्ठबाट सम्मान प्रत्र ग्रहण गरे ।

सम्मान पत्र ग्रहण गर्दै संस्थापक अध्यक्ष थापाले आफुहरुले रेडियो सुरुवात गर्दाताका दिनमा गरेको मेहनत र संर्घषको परिणामका रुपमा स्मरण गरे । सरकारबाट सम्मान पाउदाँ गर्व महसुश भएको उनले बताए । साथै थापाले रेडियोमा अवरात्र खटिने कर्मचारी, वयावस्थापन टिम र समग्र अछामबासीलाई धन्यवाद दिएका छन् ।

सम्मान प्राप्त पछि खुशी व्यक्त गर्दै रेडियो रामारोशनका कार्यकारी निर्देशक कृष्ण बहादुर बुढाले रेडियोल जिल्लामा सामाजिक परिर्वतन, सुशासन र विकास निर्माणका पक्षमा जहिले पनि अग्रणी भएर आवाज बुलन्द गरिरहेको बताए ।

सामाजिक न्याय, मानव सेवा, बाल अधकार, मानव अधिकार तथा महिला हिंसा तथा मावन बेचबिखन बिरुद्धका क्षेत्रमा रेडियो रामारोशनले खेलेको भुमिकाका कदर गर्दै सम्मान गरिएको मन्त्रालयले जनाएको छ ।

संस्थाको तर्फबाट सोसक नेपाल दैलेख, राष्टिय छापा माध्यमको तर्फबाट नेपाल समाचारपत्र, जिल्ला प्रहरी कार्यालय बाँके र दुई जना महिला पत्रकारलाई समेत सम्मान गरिएको थियो ।