मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटामा बजेटको अभाव हुन दिन्नौँ, छुट्टै कार्यबिधी बनाएर भएपनि समस्या समाधान हुन्छ : मन्त्री रावल

बयालपाटामा बजेटको अभाव हुन दिन्नौँ, छुट्टै कार्यबिधी बनाएर भएपनि समस्या समाधान हुन्छ : मन्त्री रावल

डाक्टरले बिरामीको उपचार गर्ने कि प्रदेश धाउने ? : प्रजिअ मरासेनी


डाक्टरले बिरामीको उपचार गर्ने कि प्रदेश धाउने ? : प्रजिअ मरासेनी

अछाम : सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रण बहादुर रावलले बयालपाटा अस्पतालको दिर्घकालिन व्यावस्थापनका लागि नितिगत रुपमै कार्यबिधी बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । अछाम भम्रणका क्रममा बयालपाटा अस्पतालको निरिक्षण तथा अवलोकन गर्दै उनले बयालपाटा अस्पताल देशकै एकमात्र नुमना मोडल भएको भन्दै यसलाई दिर्घकाालिन रुपमा सञ्चालनका लागि आफुले प्रदेश र संघिय सरकारमा गम्भिरताका साथ काम गर्ने बताएका छन् ।

बयालपाटा अस्पताल अछाम जिल्लाको लागि मात्र नभई सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका जनताका लागि समेत सेवाको केन्द्र बिन्दु भएको भन्दै उनले यसको व्यावस्थापन गर्न तर्फ आफुले पहल गर्ने बताए । प्रदेश संसदिय दलको नेता तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका डा. रावलले म बयालपाटा अस्पतालको बिषयमा गम्भिर छु यसका लागि छु्ट्टै कार्यबिधी बनाएर अघि बढ्नुपर्ने भएपनि आफुले संघ र प्रदेशमा यसका लागि एक छुट्टै बिज्ञको समुह बनाएर भए पनि काम गर्न लाग्नेछु उनले भने ।

अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीले उपचार गर्नुपर्ने डाक्टर अस्पतालका लागि पैसा माग्न प्रदेश र पालिका धाईराख्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने माग गरे । उनले भने डाक्टरले बिरामीको उपचार गर्ने कि प्रदेश धाउने ? तसर्थ यस क्षेत्रका जनप्रतिनिधी, नेता र प्रदेशका मन्त्रीले अस्पतालको दिर्घकालिन व्यावस्थापनका लागि कार्यबिधी बनाएर बार्षिक रुपमा बजेट बिनियोजितका लाग पहल गर्न माग गरे । अस्पतालले दिएको निशुल्क गुणस्तरिय स्वास्थ्य सेवामा कुनै कमी नभएको उनले बताए ।

कांग्रेस महासमीती सदस्य राजन कुवँरले आफु बयालपाटा अस्पताल संग सुरुवात देखि बिभिन्न किसिमले आवद्ध रहेको भन्दै यसको दिगोपनाका लागि सबैले लाग्नुपर्नेमा जोड दिए । बयालपाटा अस्पताल गुणस्तरिय निशुल्क स्वास्थ्य सेवामा मात्रै नभई भौतिक संरचनामा पनि देशकै उत्कृष्ट अस्पताल भएको उनले बताए ।

नेपाली कांग्रेस अछामका सचिव एवं अस्पताल सरोकार समितीका सदस्य टक्कर बहादुर शाहले बयालपाटा अस्पतालको बिषयलाई केन्द्र र प्रदेश सरकारले हल्का रुपमा लिएर यस क्षेत्रका जनताको स्वास्थ्य माथि खेलबाड गर्न खोजेको आरोप लगाए । बयालपाटा असपतलाको बिषयमा कुरा गर्दा जसले पनि हुन्छ भन्ने तर अहिले सम्म कुनै काम नगरको उनको भनाई थियो ।

यस्तै कांग्रेस महाधिबेशन प्रतिनिधी बेदप्रकाश तिमिल्सैनाले बयालपाटा अस्पतालको निशुल्क सेवाको मोडल देशकै लागि नमुना भएपनि मेडिकल माफियाहरुका कारण यो नमुना अरु जिल्लामा जान नसकेको बताए । जनताका लागि संबिधान अनुसार बयालपाटा अस्पताललले निशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेको भन्दै उनले यसमा गम्भिर भईदिन मन्त्री रावललाई आग्रह गरे ।

जवाफमा मन्त्री रावलले सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार बयालपाटा अस्पताल संचालन भएर निशुल्क रुपमा गुणस्तरिय सेवा दिईरहेको भन्दै उनले यसको दिगोपनाका लागि आफुले पहल गर्ने बताए । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत रही मन्त्रालय संगको सम्झौतामा संचालनमा रहेको बयालपाटा अस्पताल देश संघिय संरचनामा सुदूरपश्चिम प्रदेश सरकार मातहत हुनुपर्ने भएपनि हाल सम्म सम्झौता हुन सकेको छैन ।

५० देखि २०० बेडको अस्पताल प्रदेश मातहत रहनुपर्ने कार्यबिधी भएपनि प्रदेश सरकारलाई संघिय सरकाकरले पत्र लेखेको २ बर्ष भईसक्दा पनि प्रदेश सरकारसंग सम्झौता हुन सकेको छैन् । प्रदेश सरकारले ५० प्रतिशत आर्थिक दायित्व सहित सम्झौता गर्नुपर्ने जिल्लाका सरोकारवालाको माग छ । बिदेशी दातृ निकायको सहयोग कम भईरहेको भन्दै उनिहरुले यसको ५० प्रतिशत आर्थिक दायित्व लिएर सम्झौता गर्नुपर्ने उनिहरुको माग छ ।

अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डाक्टर मन्दिप पाठकले अस्पताललले दिईरहेको सेवा तथा वर्तमान अवस्थाका बारेमा मन्त्री डा. रण बहादर रावललाई जानकारी गराएका थिए ।