मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दार्चुलाका वाढी पिडितलाई राहत तथा उद्धारमा तिव्रता, मन्त्रीको टोली दार्चुला पुग्यो

दार्चुलाका वाढी पिडितलाई राहत तथा उद्धारमा तिव्रता, मन्त्रीको टोली दार्चुला पुग्यो

सुदूर आज

धनगढी ।दार्चुलाको नौगाड गाउँपालिका–२, सल्ला गाउँमा आएको बाढी र पहिरोमा परि ज्यान गुमाएका परिवारका आफन्त तथा घरबारबिहीन भएकाहरुका लागि संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारले राहत तथा उद्धारको कार्यलाई तिव्रता दिएको छ ।

वाढीमा परेर पिडित भएकाहरुलाई उद्धार तथा राहत सामाग्री लिएर संघिय सरकार र प्रदेश सरकारका मन्त्रीहरुको टोली दार्चुला गएको छ । राहत सामाग्री बोकेर उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद वडु, सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर रणवहादुर रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानवहादुर धामी सहितको टोली घटनास्थल गएको हो ।

टोलीले आवश्यक राहत र उद्धारको कामलाई थप तिव्रता दिने दार्चुला जानेक्रममा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद वडुले बताए । ‘हामी पिडितहरुको उद्धारमा लागिरहेका छौं । घाईतेहरुलाई सदमुकाम छोडिएको छ । सुत्केरी महिलालाई पनि उपचारमा पठाईएको छ ।‵ मन्त्री वडुले भने, ‘हामी धनगढीमा पनि राहतको जोहो गरिरहेका छौं । प्रदेश सरकार मार्फत पनि व्यवस्था गरिएको छ । हामी सकेसम्म त्यो ठाउँमा पुग्छौं । हेर्छौ र आवश्यकता अनुसार थप गर्नुपर्ने काम गछौं ।’

दार्चुलामा उपचार सम्भब नभएका घाईतेहरुलाई उपचारका लागि धनगढी ल्याईने मन्त्री बडुले जानकारी दिए । उनले आवश्यक राहत र उद्धारका लागि सरकारलाई जानकारी गराएको र सबै सुरक्षा निकाय तयारी अवस्थामा बसेको उनको भनाई छ ।

यता सुदूरपश्चिम प्रदेश सरकारले पनि राहत सामाग्री सहितको हेलिकोप्टर दार्चुलाको नौगाड पठाएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले त्रिपाल, कम्पल, औषधी लगायतका तत्काल आवश्यक पर्ने राहत सामाग्री दार्चुला पुराईएको छ ।

पहिलो चरणमा आवश्यक पर्ने राहत सामाग्रीहरु पठाईएको र बाँकी राहत सामाग्रीहरु आवश्यकताका आधारमा क्रमशः पठाईने आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर रणवहादुर रावलले जानकारी दिए । ‘तत्काल गर्नुपर्ने उद्धारमा प्रदेश सरकार लागिपरेको छ । जसको लागि राहत सामाग्री सहित नेपाली सेनाको हेलिक्टर दार्चुला पठाईएको छ ।

तीनै तहका सुरक्षा निकायलाई राहत तथा उद्धारमा खटाईएकोे छ । जिल्ला प्रशासन कार्यालय र सामाजिक संघसंस्थाहरुलाई पनि सहयोगका लागि आग्रह र अपिल गरेका छौं ।‵ मन्त्री रावलले भने,–‘थप उद्धार र राहतको काम गर्नुपर्ने भएमा प्रदेश सरकारले थप अर्को हेलिक्टर सहित राहत सामाग्री तैनाथ अवस्थामा राखेका छौं । अन्य आवश्यकता अनुसारका सामाग्रीहरु तयारी अवस्थामा राखेका छौं ।’ दार्चुलाका वाढी पिडितहरुको राहत र उद्धारका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने समेत मन्त्री रावलले बताए।

शुक्रबार रातिको अविरल वर्षाकै कारण जिल्लाको नौगाड गाउँपालिका–२, सल्ला गाउँमा आएको पहिरोले बस्तीमा ठूलो क्षति पुगेको छ ।