मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम प्रदेश स्तरिय खेलकुद छनोट प्रतियोगिता भोलि देखि, अछामले १० खेलमा सहभागीता जनाउने

सुदूरपश्चिम प्रदेश स्तरिय खेलकुद छनोट प्रतियोगिता भोलि देखि, अछामले १० खेलमा सहभागीता जनाउने


अछाम । ९ औँ राष्टिय खेलकुद प्रतियोगितामा सहभागी सुदूरपश्चिम प्रदेश स्तरिय छनोट प्रतियोगिता भोली देखि सुरु हुने भएको छ । प्रदेश राजधानी धनगढी तथा महेन्द्रनगर र टिकापुरमा समेत प्रदेश स्तरिय छनोट प्रतियोगिता संचालन हुने भएका छन् ।

यसअघि प्रदेशका ९ वटै जिल्लामा संचालन भएका खेलबाट छनोट भएका खेलाडीहरु प्रदेश स्तरिय छनोट प्रतियोगितामा सहभागी हुनेछन् । छनोट प्रतियोगिताको भोली एक कार्यक्रमका बिच उद्घाटन गरिने बताईएको छ ।

प्रदेश स्तरिय छनोट प्रतियोगिताबाट छनोट भएका खेलाडी आउदो असोज २४ गते देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने ९ औँ राष्टिय खेलकुद प्रतियोगितामा सहभागी हुनेछन् ।

महिला पुरुष गरी १० खेलमा अछामबाट खेलाडी र प्रशिक्षक गरी १ सय ५६ जनाको सहभागिता

सुदूरपश्चिम प्रदेश स्तरिय छनोट खेलकुद प्रतियोगिताका लागि बिभिन्न १० बिधाका खेलहरुमा महिला तथा पुरुष तर्फ अछाम जिल्लाको सहभागीता रहने अछाम खेलकुद विकास समितीका कार्यालय प्रमुख हर्क साँउदले जानकारी दिए ।

प्रमुख साँउदका अनुसार अछामबाट भलिबल महिला पुरुष, कब्बडी महिला पुरुष, तेकान्दो महिला पुरुष, एथलेटिक्स महिला पुरुष, क्रिकेट महिला पुरुष, फुटबल पुरुष, बुद्धीचाल पुरुष, बक्सिंग पुरुष, करांते महिला पुरुष, ब्मयाडमिन्हिटन महिला पुरुषको टिमले सहभागीता जनाउनेछन् ।

उक्त खेलका लागि अछाम जिल्लाबाट प्रशिक्षक र खेलाडी गरी १ सय ५६ जना सहभागी हुने प्रमुख साँउदले बताए । क्रिकेट पुरुष तर्फको छनोट प्रक्रिया भने यसअघि नै सम्पन्न भईसकेको छ जसमा अछामबाट राजु रिजाल र युवराज खत्री राष्टिय खेलका लागि छनोट भएका थिए ।