मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै


धनगढी: कैलालीको धनगढीमा अनसनरत चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

धनगढी पुगेर श्रीकृष्ण मन्दिरको धर्मशालाबाट २० औँ सत्याग्रह थालेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको हो । तर उनले औषधी लिन नमानेका कारण स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । अस्पतालले भेटघाटमा समेत रोक लगाएको छ ।

उनका सहयोगी डा. अमृत जैसीले स्वास्थ्य अवस्था झन बिग्रिदै गएको जानकारी दिए । डा. केसीले आफू ३ करोड नेपाली जनताका लागि अनशन बसेकाले स्वास्थ्य अवस्था तलमाथि हुँदैमा फरक नपर्ने भन्दै औषधी लिन नमानेको डा. जैसीको भनाई छ । उनका सहयोगी डा. जैसीले सरकारी पक्ष आन्तरिक रुपमा अनौपचारिक सम्वादमा रहेको सुनिएपनि औपचारिक रुपमा वार्ताका लागि अहिलेसम्म प्रस्ताव नआएको बताएका छन ।